उत्पादनमा नयाँ आयामः सरल मूल्यमा पाल्पा सिमेन्ट बजारमा आउँदै

काठमाडौं । विकास निर्माणको लागि आवश्यकिय मानिने सिमेन्टको बजारमा नयाँ उत्पादन थपिएको छ । यसैक्रममा पाल्पा सिमेन्टले आफ्नो उत्पादनलाई एक हप्ताभित्रै बजारमा ल्याउने भएको हो । अहिले बजारमा चल्तीमा रहेका सिमेन्टको मूल्य भन्दा केही सहुलियत मूल्यमा उत्पादन बजारमा ल्याउन लागिएको कम्पनीले जनाएको छ ।

अहिले बजारमा मूल्य सार्वजनिक नभएपनि उपभोक्तालाई मात्र नभएर उद्योगीलाई समेत आश्चर्य लाग्ने गरि मूल्य सहित पाल्पा सिमेन्टलाइ बजारमा ल्याउन लागिएको कम्पनीको दावी रहेको छ । पाल्पा सिमेन्ट उद्योगको कुल लागत करिब ७ अर्ब रुपैयाँ रहेको छ । जसको निर्माण शुरु २० महिना अघिबाट शुरु गरिएको हो । हाल परिक्षणको रुपमा उत्पादन भइरहेको सिमेन्टको हाल गुणस्तर परिक्षण भइरहेको छ । शुरुमा क्लिङ्र मात्रै बिक्री गरेको थियो ।

अबको एक हप्तामा नै व्यवसायीक उत्पादन गरि बजारमा ल्याउन लागिएको कम्पनीले जनाएको छ । आफ्नो उत्पादनलाई बजारमा ल्याउनको लागि देशका बिभिन्न भागमा कम्पनीले डिलरहरु समेत स्थापना गरिसकेको छ । पाल्पा सिमेन्टको उद्योग नवलपरासीको सुनवल नगरपालिका अन्तर्गत सिसियानीमा रहेको छ । भने दैनिक १ हजार ८ सय टन क्लिङ्कर उत्पादन क्षमता रहेको छ । साथै पाल्पा ग्रिन फिल्ड प्रविधिमा आधारित उद्योग हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?