अभिनेत्री ऋचा शर्मालाई मातृशोक

काठमाडौं । अभिनेत्री ऋचा शर्मालाई मातृशोक परेको छ । उनकी आमा रिनादेवी शर्माको शुक्रवार राती ६७ वर्षको उमेरमा निधन भएको हो ।

नायिका ऋचा शर्मा केही हप्ता अगाडि मात्र दिपेक्ष विक्रम रानासँग वैवाहिक जीवनमा बाँधिएकी थिइन् । ऋचाको बिहेको समयमा नै रिनादेवी बिरामी थिइन् ।

विवाह पछाडि दिएको एक अन्तर्वार्तामा उनले आमा रिनादेवीको स्वास्थ्य अवस्था नाजुक रहेको बताएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?