काठमाडौं । हत्या गरेर तमोर नदिमा फालिएकि ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–२ की मन्दिरा अधिकारीको शव ३२ दिन पछि फेला परेको छ । मन्दिराको शव तेह्रथुममा पर्ने फाक्चवा दोभानको बगरमा विहिबार माछा मार्ने क्रममा माझीले भेट्टाएका थिए ।
मन्दिराको शव उनको दाहिने हातमा लगाएको चुरा र शरिरमा लगाएको रातो सर्टका आधारमा शवको पहिचान भएको थियो । प्रहरीका अनुसार शव अप्ठ्यारो ठाउँमा भएकाले निकाल्नका लागि तमोरभ्याली ट्राभल्सको सहायता लिईएको थियो ।
शनिबार दिउँसो उठाईएको शवको पाँचथरमा आज पोष्टमार्टम गर्ने तयारी भएको छ । मन्दिराको हत्या आशंकामा नाताले मृतकका दाजुपर्ने आठराई त्रिवेणी गाउँपालिका–३ हाम्पाङका रमेश अधिकारीलाई प्रहरीले पुस ९ गते नै पक्राउ गरेको छ । रमेशले आफुले नै मन्दिराको हत्या गरी तमोर नदीमा फालेको स्वीकार गरेका छन् ।
हत्या आरोपित रमेशलाई व्यक्ति बेपत्ता बनाएको कसुरमा सुरुवाती अनुसन्धानको दायरामा राखिएको भए पनि अब शव भेटिएकाले ज्यान उद्योगमा मुद्धा दर्ता गरी आवश्यक कारबाहि अघि बढाइने प्रहरीले जनाएको छ ।
यो पढ्नुभयो ?
दाजु बहिनिबीचको प्रेम सम्बधमा थर तगारो, मारेर तमोरमा बगाए अधिकारीले
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया