एजेन्सी । भारतवर्षलाई हिन्दु धर्मावलम्वीहरु आस्थाको केन्द्रको रुपमा हेर्ने गर्छन् । नेपालसहित भारत, अफगानिस्तान, पाकिस्तान र बंगलादेशमा अझै पनि भारतवर्षलाई महानताका साथ हेर्ने गरिन्छ ।
चमत्कारले भरिएको भगवानको स्थलका रुपमा भारतवर्षलाई चित्रण गर्ने गरिन्छ । यस्तै चमत्कारी स्थान भारतवर्षमा पर्ने भारतको मध्यप्रदेशमा पनि छ ।
उदाउँदो सूर्यको पहिलो किरणमा भगवान राम आज पनि दर्शन दिन आउने गरेको मध्य प्रदेशको ओरछा शहरका बासिन्दाहरु बताउँछन् ।
यो शहरमा भगवान रामलाई राजा मान्ने गरिन्छ । त्यसैले यहाँका बासिन्दाहरु भगवान रामलाई प्रत्येक दिन उदाउँदो सूर्यको पहिलो किरणमा बन्दुकको सलामी दिने गर्छन् ।
स्थानीयका अनुसार भगवान श्रीराम प्रत्येक दिनको उदाउँदो सूर्यको पहिलो किरणमा त्यहाँ आएर सूर्य अस्ताएपछि जाने गर्नुहुन्छ । पौराणिक कथाका अनुसार यस शहरमा मधुकर शाहव नाम गरेका राजा थिए ।
उनकी रानीको नाम गणेशकुमारी थियो । राजा मधुकर भगवान श्रीकृष्णका भक्त थिए । साथैै रानी भगवान श्रीरामकी भक्त थिइन् । एक पटक राजाले भगवान श्रीकृष्णको पूजाको लागि वृन्दावन जान चाहान्थे । रानी भने प्रभू श्रीरामको पूजाका लागि अयोध्या जान चाहान्थिन् ।
यो कुराले राजालाई धेरै रिस उठ्यो र भगवान रामलाई त्यहिँ बोलाईदिने वाचा गरे । तर रानी रिसाएर अयोध्या गइन् । त्यहाँ गएर उनले घोर जपतप गरिन् । तर भगवान श्रीरामले दर्शन नदिँदा उनी नजिकैको सरयु नदीमा दौडिइन् । तर भक्तलाई बचाउनको लागि भगवान राम त्यो ठाउँमा प्रकट भएर रानीको रक्षा गरे ।
भगवान श्रीरामले दर्शन दिँदै रानीलाई प्रत्येक दिन उनकै राज्यमा दर्शन दिन आउने बताए । त्यसपछि आजसम्म पनि भगवान राम ओरछामा आउने गर्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया