काठमाडौं । चक्कु प्रहार गरी आफ्नै आमाको हत्या गरेको आरोपमा अभिनेत्री मोली फिट्जगेराल्ड पक्राउ परेकी छिन् ।
ओलाथे पुलिस विभागले ३८ वर्षे अभिनेत्री मोलीलाई नयाँ वर्षको पूर्व सन्ध्यामा पक्राउ गरेको हो । मोलीलाई पक्राउ गरिएको जानकारी ट्वीटरमार्फत् दिएको छ ।
मोलीलाई दर्शकले निकै रुचाउने ‘क्याप्टेन अमेरिका’ सिरिजको ‘क्याप्टेन अमेरिकाः द फर्स्ट एभेन्जर’ मा देखिएको थियो ।
पुलिस अधिकारीका अनुसार मोलीकी आमा प्याट्रिशिया ईं फिट्जगेराल्डको घरमा झगडाको सूचना पाइएको थियो । पुलिस त्यहाँ पुग्दा उनलाई रगताम्मे अवस्थामा भेटिएको उनको मृत्यु भइसकेको थियो । उनीमाथि चक्कु प्रहार भएको थियो । अनुसन्धानपछि पुलिसले मोलीलाई पक्राउ गरेको छ ।
फक्स न्यूजका अनुसार मोलीकी आमा पेट्रिका टी फिट्जगेराल्डको उमेर ६८ वर्षको थियो । अभिनेत्री मोली फिट्जगेराल्डले अहिलेसम्म आफूमाथि लागेको आरोपमाथि कुनै स्पष्टिकरण दिएकी छैनन् ।
आइएमडीबीका अनुसार क्रिस इवान स्टारर ‘क्याप्टेन अमेरिकाः द फर्स्ट एभेन्जर’ मा एउटा सानो भूमिकामा थिइन् । यो फिल्म निकै चर्चित भएको थियो । यसको कमाइले संसारभरीका फिल्मको कमाईको थुप्रै रेकर्ड तोडेको थियो । यसबाहेक मोली एक निर्माता निर्देशक पनि हुन् । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया