‘‘चुईगम भर्सेस पराग’’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक-गायिकाहरुको स्वर रहेको ‘चुईगम भर्सेस पराग’ बोलको गीत सार्वजनिक भएको छ ।

रिपोर्टर्स क्लब नेपालमा एक कार्यक्रमका बीच गीतलाई राष्ट्रिय सभाकी सदस्य तथा चर्चित गायिका कोमल वली र पत्रा ऋषि धमलाले संयुक्त रुपमा विमोचन गरेका हुन् ।

गीतमा लय तथा शब्द सिर्जना राजकुमार बानियाँको छ । यो गीतको निर्माता भने रमेश धरेल रहेका छन् । गीतमा प्रिती आले, राजकुमार बानियाँ, रविन लामिछाने र टिका सानुको स्वर रहेको छ भने यो गीतलाई जलेश्वरी म्युजिकले बजारमा ल्याएको हो ।

गायक बानियाँले चुईगम र पराग सेवन स्वास्थ्यको लागि हानिकारक रहेको सुनाउँदै उक्त गीतमार्फत आफूहरुले चुईगम र पराग नखाऔं भन्ने सन्देश दिन खोजेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?