रुखबाट निस्किएको पानीको धारोले वैज्ञानिक नै हैरान !

एजेन्सी । संसारमा केहि यस्ता रहस्यमयि ठाउँहरु छन् जुनको जवाफ वैज्ञानिकहरुसँग पनि हुँदैन । यस्तै एउटा घटना भारतको हरियाणा स्थित नुन्ह जिल्लाको पनि छ ।

नुन्ह जिल्लाभन्दा ३ किलोमिटर टाढा पर्ने यो ठाउँमा एउटा यस्तो रुख जहाँबाट अविरल पानी आईरहन्छ । अचम्मको कुरा त के छ भने यो पानी कहाँबाट आयो र अहिलेसम्म किन सुक्दैन भन्ने कुरा कसैले पत्ता लगाउन सकेका छैनन् ।

भारतीय सञ्चारमाध्यामका अनुसार उक्त रुखबाट निस्किउको पानी पिउनासाथ चर्मरोग ठीक हुने विश्वास रहेको छ । यो रुख लामो समय देखि मानिसहरुको लागि आश्चर्यको विषय बनेको छ ।

केहि मानिसहरु भने यो रुखको दर्शन गर्नकै लागि भनेर आउने गरेका छन् । यो चमत्कारी रुख प्राचीन अरावली पर्वतमालाको नजिकै रहेको मन्दिरमा लगाइएको छ । यो रुखबाट लगातार पानी निस्किरहेपछि सबै अचम्ममा परेका छन् । यहाँका मानिसहरु यसलाई कन्दवको रुख बताउँछन् । रुखबाट अनावरत रुपमा पानी कसरी निस्कन्छ यो कुराले मानिसहरु हैरान भएका छन् ।

वैज्ञानिकहरुले पनि यो रुखबाट कसरी पानी निस्किन्छ भन्नेबारे अनुसन्धान गरेका थिए। तर यसको वास्तविक कुरा भने अहिलेसम्म रहस्यमै सिमित छ । वैज्ञानिकहरुले यो कुरा पत्ता लगायन सकेका छैनन् । मान्यताका अनुसार यो रुखमा दैविक शक्ति रहेको छ । यो रुखको नजिकै रहेको मन्दिरलाई त्यहाँका मानिसहरु नल्हन्डेश्वरको नामबाट चिन्छन् ।

जो मानिसहरुलाई बिभिन्न रोगले सताउँछ उनीहरुले यो रुखबाट पानी भरेर लिएर जाने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?