एजेन्सी । गर्मीको मौसममा मानिसहरु पसिनाले हैरान हुन्छन् । जाडोमा अत्याधिक चिसोले मानिसहरु हैरान हुने गर्छन् । तर एक महिलाको शरिर एकैछिनमा पुरै भिज्ने गर्छ ।
अमेरिकाको टेक्सासमा बस्ने २० वर्षीया सोफी ड्वेर नाम गरेकी महिलाको शरिर जुन बेला पनि भिज्ने गर्छ । उनलाई शरिर सुख्खा राख्नको लागि आफ्नो साथमा जतिबेलै इलेक्ट्रनिक डिभाइस राख्नुपर्छ । सोफी एक कलेज पढ्ने विद्यार्थी हुन् ।
सोफीको शरिर आफैँ यसकारण भिज्छ किनभने उनलाई एक रोगले सताएको छ । यो रोग लाग्दा साधारण मानिसहरुको तुलनामा भन्दा रोगीलाई १० गुणा धेरै पसिना आउँछ । यसै रोगबाट सोफी पनि ग्रसित छन् । उनले आफ्नो शरिर बचाउँनको लागि पनि दिनमा ६ लिटर पानी पिउनु पर्छ ।
ज्यान पुरै भिज्ने कारणले उनलाई मानिसहरुको नजिक जान पनि लाज लाग्ने गरेको सोफी बताउँछिन् । उनले भनिन् मेरो ब्वाईफ्रेन्डले पनि मलाई यहि रोगको कारण छोडेको थियो ।
अहिले उनी कसैको साथमा डेट गर्न पनि डराउने गर्छिन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यामका अनुसार यो रोगबाट ग्रसित भएकी सोफीलाई डाक्टरले हाईपर हाइड्रोसिस नामक रोग लागेको बताएका छन् ।
यो एक यस्तो रोग हो जुन रोग हरेक २ सय मध्ये एकलाई लाग्ने गर्छ । यो रोग लागेको मानिसहरुको शरिरकाट अत्याधिक पसिना निस्कन्छ ।
त्यो मानिसलाई हेर्दा भर्खरै मात्र नुहाएर निस्किएको झैँ भान हुन्छ । उनीहरुले लगाएको कपडा एकैछिनमै भिज्ने गर्छ । उनीहरुले दिनमा ५ /६ पटकसम्म कपडा फेर्ने गनुपर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया