राष्ट्र बैंकले सोमबार १० करोडको ट्रेजरी बिक्री गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले पछिल्ला दिनमा ट्रेजरी बिल तथा रिपो जारी गर्ने कार्यलाई निरन्तरता दिएको छ । सोही क्रममा केन्द्रीय बैंकले यही पुस २१ गते सोमबार पुनः ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

बैंकका अनुसार कूल १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । कूल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको उक्त ट्रेजरी बिल आगामी चैत २५ गते परिपक्व हुनेछ ।

[pdf-embedder url=”https://www.lokpath.com/wp-content/uploads/2020/01/4_Auction_Notices-2076-09-21.pdf” title=”4_Auction_Notices–2076-09-21″]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?