नबिल र भारतको आइसीआइसी आइ बैंकबीच यस्तो सम्झौता

काठमाडौं । नबिल बैंक लिमिटेड र भारतको आइसीआइसी आइ बैंकबीच एक सम्झौता भएको छ । आइसीआइसी बैंकले नेपालमा प्रतिनिधि कार्यालय खोल्नको लागि तयारी गरिरहेको छ । त्यसको लागि व्यापार तथा लगानीको लागि आइसीआइसीले नबिल बैंकलाई सहयोग गर्ने भएको छ ।

आइसीआइसी बैंकले नेपालमा कार्यालय स्थापना गर्नका लागि राष्ट्र बैंकबाट शैदान्तिक स्वीकृती समेत पाइसकेको छ । उक्त सम्झौता पत्रमा नबिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सीईयो अनिलकेशरी शाह तथा आइसीआइसीका आइका तर्फबाट इन्टरनेशनल फाइनान्सियल इन्स्टिच्युशन ग्रुपकी प्रमुख रञ्जु सिगटियाले हस्ताक्षर गरेका थिए ।

कारोबारमा सहकार्य गर्नका लागि गरिएको उक्त सम्झौता अनुसार दुई संस्थाबीच व्यापार, विप्रेशण तथा टे्रजरी लगायतका सहकार्य गरि कारोबारमा मजदुती ल्याउन पहल गरिने बैंकले जनाएको छ । साथै आइसीआइसी बैंकको लगानी रहेका भारतीय परियोजनाहरुमा नबिल बैंकले स्थानिय बैंकिङ सुविधा उपलब्ध गराउने सहमती समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?