काठमाडौं । एन आइ सी एशिया बैंकले आफ्ना ग्राहकहरुलाई थप फाईदा पुर्याउने उदेश्यले न्यू सुपर चामत्कारिक योजनाहरु सार्वजनिक गरेको छ । नयाँ वर्ष २०२० को उपलक्ष्यमा बैंकले उत्कृष्ट बीमा योजना, कर्जाको व्याजदर तथा प्रशासनिक शुल्कमा विषेश छुट, निशुल्क होम बैकिङ सुविधा, निशुल्क लकर सुविधाको समेत व्यवस्था गरेको छ । त्यतिमात्र नभएर बैंकले देशभरका जुनसुकै एटीएमबाट रकम निकाल्दा पनि पैसा नलाग्ने लगायतका ३० चमत्ककारिक फाइदाहरुसहित बैंकले न्यू सुपर चमत्कारिक निक्षेप योजनाहरु सञ्चालनमा ल्याएको छ ।
उक्त योजना अन्तर्गत नयाँ खाता खोल्ने ग्राहकहरुका लागि २१ लाखसम्मको बीमा सुविधा समेत प्राप्त गर्न सक्नेछन् । त्यस्तै खातावालाहरु दुर्घटनाबाट मृत्यु भएमा वा पुर्ण रुपमा अशक्त भएमा १० लाखसम्म बीमा सुविधा, विभिन्न १८ प्राणघातक रोगहरु लागेमा १० लाखसम्मको बीमा सुविधा तथा १ लाखसम्म औषधी उपचारको सुविधा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
त्यस्तै ग्राहकहरुको लागि बैंकले अस्पतालमा उपचार गराउँदा ओपिडी अन्तर्गत उपचारमा २० लाखसम्म बीमा सुविधा समेत प्रदान गर्ने भएको छ । साथै बीमा शुल्कबापत लाग्ने सबै प्रिमियमहरु बैंक स्वयमले एभरेष्ट ईन्सुरेन्स कम्पनी लिमिटेले तिर्ने पनि बैंकले जनाएको छ । यो योजना अन्तर्गत ग्राहकहरुले सिल्भर, गोल्ड तथा डाइमन्ड गरि तीन खातामार्फत ६ दशमलव ५ प्रतिशत व्याजदरमा बचत गर्न सक्ने पनि बैंकले जनाएको छ ।
घरमै बैंकिङ सुविधा, निशुल्क डिम्याट खाता खोल्ने,निशुल्क इ कमर्श एक्टिभेसन, निशुल्क लकर सुविधा, अनलाइन मुद्धती खाताको सुविधा तथा निशुल्क क्रेडिट कार्डको सुविधा समेत यस योजनामा समेटिएको छ । यस किसिमका सबै सुविधाबाट देशका सबै भुगोलका मानिसहरुमा सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । यस योजनाको स्विप इन स्विप आउट सुविधामार्फत २० लाख भन्दा बढि रकम भएमा, बढि भएको रकमलाई १० हजारले गुणन हुने गरि ३ महिनाको मुद्धती निक्षेपमा स्वतः रकमान्तर गरि ९ दशमलव ७५ प्रतिशत सम्म व्याजदर प्रदान गरिने बैंकले जनाएको छ ।
बैंकले विभिन्न ३० योजनाहरु “न्यू सुपर चमत्कारिक बचत खाता, न्यू सुपर चमत्कारिक नारी बचत खाता, न्यू सुपर चमत्कारिक जेष्ठ नागरिक बचत खाता, न्यू सुपर चमत्कारिक बाबु नानी बचत खाता, न्यू सुपर चमत्कारिक विद्यार्थी बचत खाता, न्यू सुपर चमत्कारिक स्वरोजगार बचत खाता, न्यू सुपर चमत्कारिक वैदेशिक रोजगार बचत खाता, न्यू सुपर चमत्कारिक सहज बचत खाता, न्यू सुपर चमत्कारिक मुद्दती निक्षेप खाता, न्यू सुपर चमत्कारिक मासिक निक्षेप खाता, न्यू सुपर चमत्कारिक तलब बचत खाता” सहितका निक्षेप योजना बैंकले ल्याएको छ । त्यस्तै मासिक निक्षेप खाता ३ महिनादेखी १० वर्षसम्मको लागि खाता खोल्न सकिने बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया