पाँचथर । भ्रमण बर्ष २०२० लाई सफल बनाउने उदेश्यले प्रचारमा मेची–महाकाली यात्रामा निस्केको पाँचथरको एक टोली सिन्दुपाल्चोकको मेलम्चीमा पुगेको छ ।
नेपाल सरकारले भ्रमण वर्षको उद्घाटन गरेकै दिन १६ गते बुधबार सुरु गरेको भ्रमणमा नेकपा, कांग्रेस, राप्रपा लगायतका दलमा आवद्ध युवा तथा पत्रकारहरुको टोली मेलम्ची पुगेको हो ।
पाँचथर जिल्लाको याङवरक गाउँपालिकाको चिवाभञ्ज्याङ देखि बैतडीको झुलाघाट जोड्ने पुष्पलाल मध्यपहाडी लोकमार्ग आसपासका जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलहरुको अवलोकन एवं प्रचार प्रसार गर्दै टोली यात्रामा निस्किएको यात्रामा सहभागि छवि चापागाँईले जानकारी दिए ।
नेपालमै पहिलो पटक मोटरसाईकलबाट नेपाल यात्रा सुरु गरिएको टोलीमा संलग्न नेकपाका नेता हर्क नेम्बाङ मिक्सोको भनाई छ । भ्रमण वर्षलाई सफल बनाउनका लागि यात्रामा निस्किएको नेम्बाङ बताउछन् ।
भ्रमण टोलीले लोकमाार्ग आसपासका विभिन्न जिल्ला तथा नगरपालिका, गाउँपालिका र वडाका जन प्रतिनिधिहरुसँग अन्तक्र्रिया कार्यक्रम गर्दै यात्रा भइरहेको नेम्बाङले बताए । पर्यटकीय स्थलका बारेमा जानकारी लिई अन्य प्रदेशलाई प्रदेश नं १ भ्रमणका लागि निम्ता दिँदै आएको बताइएको छ ।
एक नम्बर प्रदेशका महत्पूर्ण पर्यटकिय गन्तव्यको जानकारी गराउने, प्रचार सामाग्री बाढ्ने, डकुमेन्ट्री निर्माण तथा पुस्तक समेत प्रकाशन गर्ने लक्ष्य रहेको अर्का भ्रमणमा सहभागि नेकपाका युवा नेता जलकुमार तामाङले बताए ।
भ्रमण टोलीले पर्यटन प्रवद्र्धनसँगै आर्थिक, समाजिक, भौतिक लगायतका अवस्थाको समेत अध्ययन गरिरहेको तामाङले बताए । भ्रमण पुरा गर्न अझै एक हप्ता भन्दा बढी लाग्ने उनको भनाई छ । नेपालका २३ जिल्लाका २ सय १५ भन्दा बढि बस्ती छोएर झुलाघाट पुग्ने टोलीको लक्ष छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया