अफगानिस्तानमा होटलमा बन्दुकधारीसँग १२ घन्टा भिडन्त, १४ पर्यटकको मृत्यु

काठमाडौं, ८ माघ । अफगानिस्तानको सुरक्षा बलले बन्दुकधारीले नियन्त्रणमा लिएको होटल १२ घन्टापछि मुक्त गराएको छ बन्दुकधारीको आक्रमण र होटललाई कब्जाबाट मुक्त गर्ने प्रहरीको प्रयासका क्रममा १४ जना पर्यटकको मृत्यु भएको छ अफगानिस्तानका गृहमन्त्रीले १४ जना विदेशी महिलासहित चार नागरिक र तीन जना बन्दुकधारीको मृत्यु भएको जानकारी दिएका छन् । सो क्रममा केही घाइते समेत भएका छन् घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक रहेकाले मृतकको संख्या बढ्नसक्ने अनुमान गरिएको छ । होटलबाट अफगानिस्तानी सेनाले १ सय ६० जनाभन्दा बढीलाई सुरक्षितरुपमा बाहिर निकालेको छ सुरक्षाकर्मीलाई सो होटल आफ्नो नियन्त्रणमा लिनका लागि रातभरी नै लागेको थियो । सो होटलमा सन् २०११ मा तालिवानले आक्रमण गरी २१ जना पर्यटकको हत्या गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?