एजेन्सी । फलहरु मध्येमा केरा धेरैले मन पराउने फल हो । तर यहि केराकै कारण अहिले एक व्यक्ति भाइरल भईरहेका छन् ।
एउटा ढोकामा टेपले टाँसेर एउटा केरा प्रदर्शनिमा राखिएको थियो । तर प्रदर्शनीमा राखिएको त्यो केरालाई एक व्यक्ति आएर टेपबाट निकालेर खाईदिए ।
जब प्रदर्शनीमा राखिएको त्यो केराको मुल्य उक्त व्यक्तिलाई थाहा भयो तब उनको होस् उड्यो । केरा खानेवाला व्यक्तिको नाम हो, डेविड डाटुना ।
उनी एक आर्टिस्ट हुन् । अचम्मको कुरा त के छ भने केरा मुल्य सुनेर अचम्ममा परेका डेविडले १५ मिनेट पछि नै त्यस्तै केरा ल्याएर पुनः त्यहि ठाउँमा टाँसिदिए ।
आर्ट वर्क बनाएर जुन केरालाई ढोकामा टाँसिएको थियो त्यो केरालाई कमेडियन नाम दिइएको थियो । यो केरा ग्लोवल बिजनेस र ह्युमरको प्रतिक हो ।
इटलीका चर्चित आर्टिस्ट मौरिजियोका अनुसार उक्त केरालाई आर्ट वर्कका रुपमा प्रदर्शनीमा राखिएको थियो । यसलाई डक्ट चटेपको मद्दतले ढोकामा टाँसिएको थियो ।
यो केरा ८५ लाखमा बेच्ने सहमति भएको थियो । एक फ्रान्सेली नागरिकले ८५ लाख दिने पनि घोषणा गरिसकेका थिए । तर अमेरिकन ति आर्टिस्टले प्रदर्शनीमा राखिएको उक्त केरा पल भरमै खाइदिए ।
तर आर्ट ग्यालरीका डाइरेक्टर लुकियन टेरासले भने, आर्टिस्टको यो हर्कतका कारण पनि आर्ट नष्ट भएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया