लामो जिन्दगी जिउने टिप्स दिइरहेका सिईओको अचानक मृत्यु भएपछि… (भिडियोसहित)

एजेन्सी । अहिले सोसल मिडियामा एउटा भिडियो अत्याधिक भाइरल भईरहेको छ । यस भिडियोमा कम्पनीका सिईओ तथा अध्यक्ष लामो उमेर कसरी जिउने भन्नेबारे बिभिन्न टिप्सहरु दिँदै थिए ।

टिप्सहरु दिँदा दिँदै उनी अचानक जमिनमा लड्न पुगे । जमिनमा लड्नासाथ उनको मृत्यु भयोे । यो घटना चीनको हो । चीनको एक स्वास्थ्य कम्पनीका अध्यक्ष एक कार्यक्रममा सम्बोधन गरिरहेका थिए ।

त्यसै बेला उनी अचानक मञ्चमा लडे । अगाडिको पंक्तिमा बसेका मानिसहरुले उनलाई उठाए । तर त्यो बेला सम्म उनको मृत्यु भईसकेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?