राष्ट्रियसभा निर्वाचन : फरक पार्टीबाट सहोदर दाजुभाई चुनावी मैदानमा

काठमाडौं । आगामी माघ ९ मा हुँने राष्ट्रियसभा निर्वाचनमा चुनावी मैदानमा सहोदर दाजुभाई उत्रिएका छन् । निर्वाचनका लागी सप्तरीको बोदेबसाइन नगरपालिका–५ निवासी मृगेन्द्रकुमार सिंह यादव राजपाबाट र समाजवादी पार्टीकाबाट अनिरुद्धप्रसाद सिंह यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

उनीहरुले २०७० सालमा भएको संविधानसभा सदस्यका लागी पनी फरक–फरक पार्टीबाट उठेका थिए । त्यससमय मृगेन्द्र तत्कालीन मधेशी जनअधिकारी फोरम (लोकतान्त्रिक) बाट र अनिरुद्ध मधेशी जनअधिकार फोरमबाट चुनाव लडेका थिए ।

राजपा नेपालले राष्ट्रियसभामा दुई सिटका लागि नेकपासँग सहकार्य गरेपछि सो पार्टीका तर्फबाट उमेद्वार बनेका मृगेन्द्र र अर्का उम्मेदवार शेखर सिंहको जित लगभग सुनिश्चित जस्तै छ ।

प्रदेश २ मा १ सय ३६ स्थानीय तह छन् । जसमा प्रमुख उपप्रमुख गरी २ सय ७२ तथा प्रदेश सभा सदस्य १ सय ७ गरी कुल ३ सय ७९ मतदाता छन् । जसमध्ये राजपा–नेकपा गठबन्धनको प्रदेश सभातर्फ ५७ र स्थानीय तहतर्फ १ सय २७ मत गरी १ सय ८४ मत रहेको छ भने समाजवादी–काँग्रेस गठबन्धनको प्रदेश सभातर्फ ४९ र स्थानीय तहतर्फ १ सय ३३ मत गरी १ सय ८२ मत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?