काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो वित्तीय विस्तार गरेको छ । यसै क्रममा बैंकले ग्रामीण तथा दुर्गमका नागरिकहरुलाई सेवा पुर्याउने उदेश्यले आफ्नो १०३ औं शाखारहित बैंकिङ सेवा विस्तार गरेको हो ।
बैंकले रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिका ५ सन्तपुर दोस्तियामा उक्त सेवाको शुरुवात गरेको हो । उक्त सेवाको शुरुवात भने फतुवा बिजयपुर नगरपालिकाकी उप–मेयर कान्ती देवी महतोले गरेकी हुन् ।
साथै उक्त सेवा सञ्चालनमा सहजता ल्याउनको लागि त्यहिका स्थानीय व्यवसायी वृजकिशोर प्रसाद यादवलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ ।
त्यस्तै उक्त सेवाको शुरुवातसँगै ग्राहकहरुलाई थप सेवा पुग्ने विश्वास बैंकले लिएको छ । जसबाट रकम भुक्तानी, कोष स्थानान्तरण, निक्षेप संकलन, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत अन्य सेवा समेत प्रदान गरिने विश्वास बैंकले लिएको छ । उक्त सेवाको शुरुवात गत पौष १८ गते शुक्रवारबाट बैंकिङ्ग सेवा प्रारम्भ गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया