काठमाडौं । नेपाली कांग्रेसको असन्तुष्ट पक्षको जिल्ला सभापतिहरुको भेला पार्टी कार्यालय सानेपामा सुरु भएको छ ।
कांग्रेस केन्द्रीय समितिले पुस ११ गते बहुमतको आधारमा १४ औं महाधिवेशनको मिति तोक्ने, विभागहरुको संख्या ४७ पुर्याउने लगायतको निर्णय गरेपछि रुष्ट बनेका समूहले जिल्ला सभापतिहरुलाई काठमाडौंमा भेला गरेको हो ।
भेलामा ४० भन्दा बढी जिल्ला सभापति सहभागी छन्। भेलामा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह, डा. रामशरण महत, अर्जुननरसिंह केसी, कृष्णप्रसाद सिटौला, बलबहादुर केसीलगायतका नेताहरु सहभागी छन् । त्यसैगरी चन्द्र भण्डारी, धनराज गुरुङ, गगन थापा, गुरु घिमिरे, प्रदीप पौडेल, बद्री पाण्डेलगायतका युवा नेताहरु पनि भेलामा भाग लिएका छन्।
११ पुसको केन्द्रीय समिति बैठकका निर्णय सच्याउन वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षका नेताहरुले दबाब दिँदै आएका छन् । नेतृत्वसँग कुरा नमिलेपछि असन्तुष्ट पक्षले केन्द्रीय समितिको बैठक नै बहिस्कार गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया