फुटबलर इब्राहिमोभिचको शालिक तोडफोड

एजेन्सी । स्विडेनको माल्मो रंगशाला अगाडि राखिएको फुटबल स्टार ज्लाटन इब्राहिमोभिचको शालिकमा तोडफोड भएको छ ।इब्राहिमोविचको घरेलु सहरमा निर्माण गरिएको मुर्तिमा आइतबार राती तोडफोड भएको हो ।

शालिक भान्डल समुदायका समूहले तोडफोड गरेको बताईएको छ । उनीहरुले मुर्ति तोडफोडका साथै पल्टाईदिएका थिए । भान्डल समुदायका समूहले दोस्रो पटक इब्राहिमोविचको प्रतिमामा आक्रमण गरेको हो ।

यस अधि पनि ज्लाटन इब्राहिमोभिचको शालिकमाथि केहि समर्थकले रिस पोख्दै शालिकको नाक काटिदिएका थिए । ज्लाटन इब्राहिमोभिचको शालिक चार वर्ष लगाएर बनाइएको थियो ।

इब्राहिमोभिचको सम्मानमा इब्राहिमोभिच जन्मिएको स्विडिस शहर माल्मोमा राखिएको उक्त शालिक स्वयं इब्राहिमोभिचले अनावरण गरेका थिए । शालिकको उचाई ८ फिट ९ इन्च रहेको छ ।

यो पनि पढ्नुहोस् :

फुटबलर इब्राहिमोभिचको नाक कसले काट्यो ? गल्ली गल्लीमा खोज्दै छ प्रहरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?