यस कारण बढेको बढ्यै छ सुनको मूल्य, ८० हजार प्रतितोला पुग्न सक्ने

काठमाडौं । पौष लागेसँगै सुनको मूल्यमा अत्याधिक उतारचढाव आएको छ । यो उतारचढावका बिच नेपालमा सुनको मूल्यले नयाँ किर्तिमानी बनाएको छ । नेपाली बजारमा आज प्रतितोला छापावाला सुनको मूल्य ७६ हजार रुपैयाँ कायम भएकाे छ । त्यस्तै आइतवार ७५ हजार ५ सय प्रतितोला , पौष १८ गते शुक्रवार ७४ हजार ५ सय प्रतितोला र अघिल्लो दिन बिहीवार तोलामा ७३ हजार ५ सय प्रतितोलामा कारोबार भएको थियो । यसरी दिनानुदिन सुनको मूल्य बृद्धि भएका कारण बजारमा कारोबारमा समेत गिरावट आएको व्यवसायी बताउँछन् । नेपालमा सुनको मूल्यमा घटबढ हुनुमा मुख्य कारण विश्वका ठुला देशहरुमा हुने गरेका मुख्य घटनाक्रमलाई लिइन्छ । त्यतिमात्र नभएर तेलको मूल्यमा हुने उतारचढावको प्रत्यक्ष असर सुनमा पर्छ । के छन् त्यस्ता अन्तराष्ट्रिय घटनाक्रम, जसले सुनको मूल्य नेपाली बजारमा हालसम्मकै उच्च बनायो ?

अमेरिका र इरानबीचको तनाव

पछिल्लो केहिदिन यता अमेरिका र इरानबीचको आन्तरिक तनाव चुलिँदै गएको छ । इरानका सैनिक कमान्डर जनरल कासिम सुलेमानीको अमेरिकाले हत्या गर्यो । त्यसैले अहिले दुई राष्ट्रबीच तनाव चुलिएको छ । दुइ देशबीचको तनावका कारण सुनको मूल्यमा आकाशिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार अन्तराष्ट्रिय स्तरमा प्रभाव पार्ने दुई मुलुकबीचको तनावका कारण अन्तराष्ट्रिय बजारमा सुनमा लगानी गर्ने लगानीकर्ताहरु वृद्धि भएका छन् ।

जसको कारणले गर्दा नै सुनको मूल्य दिनानुदिन बढ्दै गइरहेको छ । साथै उक्त मूल्य कहिलेसम्म बढ्ने र कति पुग्ने भन्ने निश्चित नरहेको पनि महासंघको दावी रहेको छ । यहि अनुपातमा मूल्य आकासिँदै जाने हो भने ८० हजारसम्म पुग्ने दावी महासंघको रहेको छ । अमेरिका तथा इरानलाई विश्वका शक्तिशाली मूलुकका रुपमा हेरिन्छ । दुवै मुलुकले एक अर्कालाई आ आफ्नो तर्फबाट धम्की दिइरहेका छन् । साथै उनीहरुको सहमती पश्चात मूल्यमा सहजता आउने पनि महासंघले जनाएको छ ।

डलरको भाउ

सुनको मूल्यमा घटबढ ल्याउने अर्काे कारणको रुपमा डलरलाई हेरिन्छ । सुनको मूल्यमा बृद्धि भएपनि केही दिनयता डलरको भाउ भने स्थिर नै रहेको छ । पछिल्लो समय तेल उत्पादन गर्ने कच्चा पदार्थको मूल्यमा बृद्धि भएको कारण तेलको भाउ समेत बृद्धि भएको छ ।

सुनको मूल्यमा बृद्धि भएसँगै बिक्रि गर्नेको संख्यामा समेत बृद्धि भइरहेको छ । तर व्यवसायीहरुले भने सुन किन्नको लागि आनाकानी गरिरहेका छन् । व्यवसायीहरुका अनुसार अहिले कायम भएको मूल्यभन्दा २ हजार सस्तोमा बेच्दा समेत फाईदा हुन्छ । साथै अहिले तत्काल नभइ मूल्यमा केही सुधार आएपछि मात्र बेच्न समेत ग्राहकलाई सुझाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?