नेल्सन मण्डेलाका २० महानवाणी

काठमाडौं । दक्षिण अफ्रिकाका प्रथम जननिर्वाचित राष्ट्रपति हुन् नेल्सन मण्डेला । उनी काला जातीका शसक्त नेता मानिन्थे । उनले सन् १९९४ देखि सन् १९९९ सम्म दक्षिण अफ्रिकामा शासन गरे ।

उनले दक्षिण अफ्रिकाबाट गोराजातीलाई लखेटेर काला जातीको शासन गरेका थिए । उनी सन् १९९३ मा नोबेल पुरस्कारबाट समेत सम्मानित भएका थिए । सन् १९१८ मा जन्मिएका उनको सन् २०१३ मा मृत्यु भएको हाे।

नेल्सन मण्डेलाका यी २० महानवाणीहरु जानि राखौँ ।

१.एउटा विजेता स्वप्नदर्शक हो, जसले कहिल्यै आफ्नो सपना माथि हरेस खाँदैन ।

२.मेरो देश यस्तो देश हो, जहाँ मान्छे पहिला जेल जान्छ,पछि राष्ट्रपति बन्छ ।

३.म कहिल्यै हार्दिन, कि जित्छु कि सिक्छु ।

४.यदि शत्रुलाई शान्त राख्न मन भए उसँगै मिलेर केहि काम गर्नुस् ।

५.सबैभन्दा अफ्ठेरो काम समाज बदल्नु होइन, आफू बदलिनु सक्नुु हो ।

६. शिक्षा विश्व बदल्न सक्ने शसक्त हतियार हो ।

७.काम नसकिउन्जेल सम्म कुनै पनि कार्य असम्भव नै लागिरहन्छ ।

८.चढ्नको लागि धेरै पहाड बाँकि छन् भन्ने कुरा एउटा ठूलो पहाड चढेपछि मात्र थाहा हुन्छ ।

९. बहादुर त्यो होइन जो डराउँदैन, बहादुर त त्यो हो जो डरका बावजुद पनि लढिरहन्छ ।

१०. जब केहि खुसियाली मनाईन्छ तब आफू पछि र अन्यलाई अघि राख्नुपर्छ, जब खतराको घडि आउँछ तब आफूअघि र अन्यलाई पछि राख्नुपर्छ । तब मात्र जनताले तपाईलाई मन पराउँछन् ।

११.अब सबैका लागि काम,रोटी,पानी र नुन होस् ।

१२.स्वतन्त्र हुनु भनेको बन्धनबाट मुक्ति हुनुमात्र होइन, अरुको स्वतन्त्रतालाई सम्मान गर्नु पनि हो ।

१३. म मेरो आत्माको सञ्चालक हुँ ।

१४.कुनै पनि कुरा कालो र सेतो हुँदैन ।

१५.जब पानी उम्लन थाल्छ तब त्यसले मुर्खतापूर्वक गर्मी फैलाउँछ ।

१६.आफ्नो दुश्मनलाई चिन र उसको प्रिय खेलको बारेमा बुझ ।

१७.स्वतन्त्रता व्यक्ति-व्यक्तिबीच हुनुपर्छ । जहाँ सबैले मलाई चिन्न सकुन र मैले सबैलाई चिन्न सकुँ ।

१८. भाषा बिना हामी कसैलाई पनि चिन्न र बोल्न सक्दैनौँ । किनभने कसैको आशा,ईच्छा,काव्य गीत बुझ्नको लागि भाषा नै चाहिन्छ ।

१९. म कहिल्यै पनि व्यक्तिगत उपहारको वास्ता गर्दिन, किनकी कसैले पनि उपहार जित्नका लागि लडाँइ लडेको हुँदैन ।

२०.कहाँबाट शुरु गरेर होइन, तिम्रो ईच्छा के मा छ त्यसमै सफलता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?