रमण-पप्पु जेभी कालोसूचीमा, यस्तो छ कारण

काठमाडौं । दुई निर्माण कम्पनी पप्पु र रमण कन्ट्रक्सन कालो सूचीमा परेका छन् । ठेक्का लिएर तोकिएको समयमा काम नगरेको भन्दै सरकारले कालो सूचिमा राखेको हो । सार्वजनिक खरिद अनुगमन कार्यालयले सोमवार एक सूचना जारी गर्दै दुई निर्माण कम्पनीलाई कालोसूचीमा राखेको हो ।

कार्यालयको गत शुक्रवार बसेको बैठकले उनीहरुलाई कालो सूचिमा राख्ने निर्णय गरेको थियो । साथै हुलाकी सडक निर्देशनालय टेकुको सिफारिशमा उनीहरुलाई कालोसूचीमा राखिएको जनाइएको छ । कालो सूचीमा राखेसँगै उनीहरुले १ वर्ष कुनै पनि निर्माणका काममा सहभागी हुन नपाउने भएका छन् ।

सार्वजनिक खरिद नियमावली(२०६४ को नियम १४१ को उपनियम ९१३० बमोजिम २०७६ साउन २१ देखि लागू हुने गरि कालोसूचीमा राखिएको छ। सार्वजनिक खरिद ऐन(२०६३ को दफा ६३ को उपदफा ९१० बमोजिम दुवै ठेकेदार कम्पनीले एक वर्ष अवधिका लागि सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने भन्दै सम्बन्धित सबै सार्वजनिक निकायहरुमा जानकारी पठाइएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ।

यस अघि पप्पु रमण ज्वाइन्ट भेञ्चरले नारायणीको पुल निर्माणको जिम्मा लिएका थिए । तर उनीहरुले पुल निर्माणको काम नै शुरु नगरेपछि उनीहरु कालोसूचीमा परेको अनुगमन कार्यालयले जनाएको छ । उनीहरुले उक्त पुल निर्माणका लागि भन्दै २०६९ मा नै ठेक्का लिएका थिए । ठेक्का लिएको सात वर्षसम्म पनि काम शुरु नगरेपछि उनीहरुलाई कालो सूचीमा राखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?