स्वास्थ्य कायम राख्नका लागि तिलको ठूलो महत्व छ । तिलमा पाइने पुष्टिकारक तत्वले शरीरलाई चुस्तदुरुस्त राख्न मद्दत गर्छ ।
तिलमा पाइने लेसिथिन दिमाग र आँखाका लागि लाभदायक हुन्छ ।
तिलमा पाइने सेसामोल नामक तत्वले डिएनएलाई परावैजनी किरणजन्य हानिबाट जोगाउँछ ।
तिलका गेडामा फाइबर हुन्छन् जसले स्वस्थ पाचन प्रणाली बनाउनका लागि मद्दत गर्छन् । तिलको नियमित सेवनले कब्जियत हुन दिँदैन ।
तिलका गेडामा पाइने म्याग्नेसियमले श्वासप्रश्वासमा हुने ऐंठन हटाएर दम लगायतका रोग लाग्न दिँदैन ।
तिलका गेडामा पाइने तामाले बाथजन्य पीडा घटाउँछ । यसले रक्तकोषिका, हड्डी र जोर्नीहरूलाई बलियो बनाउँछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया