एउटै माछाको मूल्य २० करोड ५२ लाख, हेर्नेसमेत डराए !

एजेन्सी । जापानका व्यापारी कियोशी किमुराले नयाँ वर्षको अवसरमा टुना नामको माछोलाई १८ लाख डलरमा किनेका छन् । यो नेपाली लगभग २० करोड ५२ लाख रुपैयाँ पर्छ । कियोशीले टोकियोको माछा बजारमा २ सय ७६ किलोग्रामको टुना माछालाई यति धेरै तिर्न राजी भएका हुन् ।

टुना माछालाई धेरै रकममा किन्न लागेको यो अहिलेसम्मकै दोश्रो सबैभन्दा ठूलो रकम हो । कियोशीलेनै गएको वर्षमा २ सय ७८ किलोको टुना माछालाई १ लाख डलरमा किनेका थिए ।

उक्त माछो सन् १९९९ देखि बेच्नको लागि राखिएको थियो । कियोशीका अनुसार यो माछाको मासु उनी आफ्ना ग्राहक तथा आफ्नै होटलहरुबाट बेच्ने छन् ।

कियोशीले आफ्नो होटलमा जापानका विशेष प्रकारका खानाहरु मात्र बेच्ने गर्छन् । उनले आफ्नो होटलमा चामलको खाना र समुन्द्रका माछा बेच्ने गर्छन् ।

विश्वभरिनै टुना माछाको अत्याधिक माग हुने गर्छ । वल्र्ड वाइल्फलाइफ फन्डका अनुसार ब्लुटिन टुना नामक माछा एक विलुप्त प्रजातिका माछा हो । यो माछा अत्यधिक स्वादिलो हुने गर्छ । त्यसैले यो माछाको मुल्य अत्यधिक छ । यसबाट ओमेगा ३ भिटिामिन पाइन्छ । साथै यसको मासु पोषिलो र स्वादिष्ट हुने गर्छ ।

गएको वर्ष आयरल्याण्डको वेस्ट कर्क चार्टड नामक कम्पनिका डेव एडवर्डले लगभग ३६करोड ८० लाखको टुना माछा समातेका थिए । तर उनले उक्त माछो पुनः समुन्द्रमै छोडिदिएका थिए । यो माछालाई देख्ने सबै डराएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?