लाखामण्डलमा पुग्दै जिउँदो हुन्छ लाश,यस्तो छ अनौठो रहस्य

एजेन्सी । संसारमा धेरै भगवानका धामहरु छन् । जसको महिमा र गाथा सुन्दा हामी पनि अचम्ममा पर्ने गर्छाैँ । त्यस्तै चमत्कारिक एउटा मन्दिर भारतको उत्तराखण्डमा पनि छ ।

उक्त मन्दिरको नाम लाखामण्डल रहेको छ । यो एउटा यस्तो चमत्कारिक मन्दिर हो जहाँ लाश लिएर गयो भने जिउँदो हुन्छ ।

यो मन्दिरको गेटमा दुई द्वारपालको मुर्ति रहेको छ । जसमध्ये एउटा मुर्तिको हात काटिएको छ । तर यसको रहस्य आजसम्म पनि कसैले थाहा पाउन सकेको छैन ।

यो मन्दिर भगवान शिवको हो । यो मन्दिर भारतको देहरादुनबाट लगभग १२८ किलोमिटर टाढा छ । यहाँको जमिन खन्दा मानिसहरुले अत्याधिक मात्रामा शिवलिङ्ग पाएका थिए ।

उक्त शिवलिङ्गलाई छौँठौँ शताब्दीको बताइएको छ । यहाँ जति पनि मुर्तिहरु भेटाइएका छन् ति मुर्तिहरु एकदमै चमत्कारी रहेको स्थानीयहरु बताउँछन् ।

स्थानीयहरुका अनुसार यहाँ ल्याइएका लाशहरु पुनः जिउँदो हुने गर्छन् । मानिस जिउँदो भएपछि त्यहाँका पुजारी केहि मन्त्र पढेर गंगाजल उक्त व्यक्तिको मुखमा छर्किदिन्छन् ।

महादेवको यो मन्दिर केहि अनौठा गुफा र प्राचिन अवशेषबाट घेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?