एकैपटक देखिए तीन वटा सूर्य, वैज्ञानिक भन्छन् यो दुर्लभ !

एजेन्सी । चमत्कारको यो समयमा बेलाबेला पत्याउनै गाह्रो पर्ने घटनाहरु हुने गर्छन् । यो पनि एउटा चमत्कार भन्दा कम छैन । यो घटना सन् २०१९ सकिने बेलामा भएको हो । चीनमा २०१९ को अन्त्यतिर एकैपटक आकाशमा तीन वटा सुर्य देखिएका थिए ।

यो दुर्लभ चमत्कार चीनबाट देखिएको थियो । यो अद्भुत दृष्य देखेर चीनवासीहरु अचम्ममा परेका थिए । कसैले यो दृष्य क्यामेरमा कैद गर्न पनि सफल भए । विश्व नयाँ वर्ष २०२० मनाउन भव्य तयारिमा लागि परेको थियो । तर चीन अंग्रेजीहरुको नयाँ वर्ष मनाउनको लागि नभएर आफ्नै काममा लागि परेका थिए ।

यो घटना चीनको उत्तर पूर्व स्थित जिलिन प्रान्तको फूयु शहरमा ३१ डिसेम्बर सन् २०१९ मा भएको थियो । त्यहाँबाट आकाशमा ३१ डिसेम्बरका दिन एकै पटक तीन सुर्य देखिएका थिए ।

मानिसहरु उक्त दृष्य हेर्न सबै घरबाहिर निस्किएका थिए । उक्त तीन वटा सुर्य एकैपटक चीनको आकाशमा २० मिनेटसम्म देखिएका थिए । वैज्ञानिकहरुले यो दुर्लभ दृष्य सुर्याेदय र सुर्यास्तको समयमा मात्रै हुने बताएका छन् । तर यो दृष्य देख्न अत्यन्तै लामो समय कुर्नुपर्ने हुन्छ ।

जब आकाशमा धेरै बादल र बर्फको कणहरु हुन्छन् तब सुर्यको तापक्रम एकदमै कम हुन्छ । जब सुर्यको किरण बर्फ र बादलको कणहरुसँग एकआपसमा ठोक्किन्छन् तब तीन सुर्य आकाशमा देखिने वैज्ञानिकहरुले बताएका छन् । साथै तीन सुर्य एकैपटक आकाशमा देखिँदा इन्द्रधनुष बन्ने गरेको वैज्ञानिकहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?