काठमाडौं । नेपाली कांग्रेसको विवाद चुलिएको छ । सोमबार पौडेल पक्षले जिल्ला सभापति भेला ठुलै आँटले पार्टी कार्यालयमा नै गरायो । यो विषयले पौडेल पक्षको ठुलै आँट भनेर पार्टी भित्रनै चर्चा पायो । संस्थापन पक्ष विरुद्ध त्यो पनि पार्टीकार्यालयमा नै बैठक गर्नु चानचुने नभएको चर्चा छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेल, कोइराला परिवार, प्रकाशमान सिंह, कृष्ण सिटौला, अर्जुन नरसिंह केसीदेखि रामशरण महतसम्मका प्रभावशाली नेताहरु एकैठाउँ भएर लागी परेका छन् ।
सामान्यतयाः पार्टी कार्यालयमा गुटका भेला बैठक बस्दैनन् । तर काँग्रेसमा पार्टी संस्थापन पक्षका विरुद्ध नै अन्य पक्षले पार्टी कार्यालयमै जिल्ला सभापतिको भेला बोलाइनुलाई चानचुने विषय ठानिएको थिएन् ।
भेलाको पहिलो दिन सोमबार वरिष्ठ नेता पौडेलले पार्टीमा देखिएको पछिल्लो विवादबारे जानकारी गराएको र त्यसमा महत्वपूर्ण सुझावहरु संकलन गरिएको छ । जिल्ला सभापतिहरुले नेपाली कांग्रेस विधिको बाटोमा हिंडनुपर्ने, संस्थागत रुपबाट पार्टी चलाउनुपर्ने र हचुवाको भरमा निर्णयहरु गर्दा पार्टी संकटमा जाने भन्दै केन्द्रीय कार्यसमितिले गरेका निर्णयहरु सच्याउनुपर्ने सुझाव दिएका छन् ।
वरिष्ठ नेता पौडेलले जिल्ला सभापतिहरुसँग परामर्श लिने काम मंगलबार पनि जारी रहने भएकाले सबै जिल्ला सभापतिहरुको रायसुझाव लिएपछि मात्र कसरी अगाडी बढ्ने भन्ने विषयमा निष्कर्षमा पुगिने बताएका छन् ।
५६ जना जिल्ला सभापतिले भेलामा आउने जानकारी गराएपनि ४३ जनामात्र सोमबारको भेलामा सहभागी थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया