विरोधकाबीच पर्यटनमन्त्रीले फेसबुकमा लेखे यस्तो स्टाटस, फेसबुक प्रयोगकर्ता के भन्छन् ?

काठमाडौं- नेपाल भ्रमण वर्ष २०२० को मंगलबार अष्ट्रेलियामा उद्घाटन गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र न्यू साउथ वेल्स राज्य संसदका सभामुख जोनाथन ओ डीले संयुक्त रुपमा सिड्नीको सर्कुलर क्युवेमा आयोजित एक कार्यक्रममा भ्रमण वर्षको शुभारम्भ गरेका हुन् ।

यद्यपी नेपाल भ्रमण वर्ष २०२० को अन्तर्राष्ट्रिय शुभारम्भ अष्ट्रेलियाको सिड्नीबाट गर्ने भन्दै अष्ट्रेलियामा सडक -याली शुरु गरेको संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश कुमार भट्टराई सहितको अभियान टोलीलाई अष्ट्रेलियाको प्रहरीले अवरोध पु-याएपछि सामाजिक सञ्जाल तातेको थियो ।

नेपाली टोलीले अनुमति नलिइकन -याली गरेकोले उनिहरुलाई रोकेको अष्ट्रेलियाका सुरक्षा अधिकारीलाई उदृद गर्दै अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । यहि विषयलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताले फेसबुकमा विभिन्नखाले टिप्पणी गरेका छन् ।

सरकारको अनुमति नलिइकन आन्दोलन तथा -याली सञ्चालन गर्ने बानी परेको नेपालीले विदेश पनि छोडेनन् भन्दै प्रयोगकर्ता लेख्छन्,

 

 


तर  पर्यटनमन्त्री भट्टराईले सामाजिक सञ्जालमा स्टाटस राख्दै नेपाल भ्रमण वर्ष भव्य रुपमा सम्पन्न भएको जनाएका छन् । अष्ट्रेलियाको सिड्नीमा नेपाली राजदुतावासको आयोजना तथा एनआरएनए लगायतका संघ /संस्थाको सहयोगमा नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । हेर्नुहोस् फोटो ।


उनले नेपाली मिडियामा प्रकाशित समाचार काल्पनिक र गलत भएको भन्दै मूलुकको प्रतिष्ठा र मित्र राष्ट्रसँगको सम्बन्धमा किन खेल्न खोजेको भन्दै प्रश्न गरेका छन् ।

अष्ट्रेलियामा प्रमोशनल र व्यावसायिक फाइदाका लागि अधिकार सम्बन्धी कानून बमोजिम नभएकोले जुलूस निकाल्न नपाइने सरकारी अधिकारीहरुको दावी छ ।

सिडनीस्थित एकाउन्टेन्ट र गैर आवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको पूर्व कोषाध्यक्ष दीला खरेललाई आयोजकहरूले प्रहरी र अन्य सम्बन्धित अधिकारीहरूबाट अनुमति लिन काम सुम्पिए पनि उनिहरुले अनुमती नै नलिएका कारण झमेला उत्पन्न भएको बुझिएको छ ।

यसैबिच  विदेशस्थित नेपाली दूतावास तथा दूतावास नभएका मुलुकमा गैरआवासीय नेपालीमार्फत भव्य कार्यक्रम शुभारम्भ गरिने योजना अनुरुप नै अष्ट्रेलियाबाट -यालीको आयोजना गरेको नेपाल भ्रमण वर्ष सचिवालयले जनाएको छ ।

यो कार्यक्रम त्यहाँको परिस्थिती नबुझिकन गरिएको भन्दै धेरैले विरोध जनाएका छन् ।

त्यहाँ आगलागीमा परि पिल्सीएका नागरिकलाई नेपाल भ्रमणको निम्तो दिन गएको भन्दै पर्यटनमन्त्री भट्टराईको आलोचना भएको हो ।

अष्ट्रेलियाको आगलागीको कारण के हो ? 
अस्ट्रेलियामा भएको भीषण आगलागीको तस्वीर सामाजिक सञ्जालमा यतिबेला भाइरल भइरहेको छ । जलेर खरानी भएका जनावर, रुख, बोटबिरुवा, पन्छीको शवदेखि आफ्नो ज्यान जोगाउन जलेको शरीर लिइ त्रासमा यताबाट उता दगुरिरहेका निर्दोष प्राणीहरुको फोटोरभिडियोले धेरैको मुटु नमीठोसँग निमोठेको छ । केही जनावरलाई उद्धार गरेर पानी पिलाइरहेको, आगोबाट निकालिसकेपछि उनीहरुले मानिसलाई गर्लम्म अंगालो हालेको आदिजस्ता कारुणिक दृश्यले गहिरो प्रभाव पारेको छ विश्वकै मानसिकतामा । आफ्नो मोबाइल तथा कम्प्युटर स्क्रिनबाट तस्वीर, भिडियो हेर्नेहरुको मन त यति भारी भएको छ भने यस विपत्तिलाई भोगिरहेका मानिसहरुको मानसिक स्थिति कुन परिस्थितबाट गुज्रिरहेको होला भन्दै सहानुभूति व्यक्त गरिरहेका छन् मानिसहरु । हुन पनि आगलागी शुरु भएको ४ महिनाभन्दा बढी भइसक्यो ।

सन् २०१९ को सेप्टेम्बर महिनाबाट क्वीन्जल्याण्ड र न्यू साउथवेल्स राज्यबाट शुरु भएको अस्ट्रेलियाको डढेलो अहिले दक्षिण अस्ट्रेलिया, तास्मानिया, भिक्टोरिया र पश्चिम अस्ट्रेलियामा फैलिसकेको छ । आगलागी अझै नियन्त्रणमा आएको छैन । बरु झन्झन् फैलिँदै गएको छ । अस्ट्रेलियाको मौसम विज्ञान विभागका अनुसार सन् २०१९ अस्ट्रेलियाको सबैभन्दा तातो र सुख्खा वर्ष रह्यो ।

टाइम म्यागाजिनका अनुसार डढेलोले अस्ट्रेलियाको १२ मिलियन एकर भन्दा बढी जमिन ध्वस्त बनाइसकेको छ । त्यस्तै, आगलागीमा परी ५० करोडभन्दा बढी जीवजन्तुले ज्यान गुमाइसकेका छन्, न्यू साउथ वेल्समा मात्रै १३ सय भन्दा बढी घरहरु खरानी भएका छन् र ३ जना आगो नियन्त्रक टोलीका व्यक्तिसहित २५ जनाले ज्यान गुमाइसकेका छन् ९समाचार तयार पार्दासम्मको तथ्याङ्क० । कति रुख, बोटबिरुवा मासिए, आँखाले नभ्याउने कीराहरु यसै माटोमा मिले त्यसको लेखाजोखा छैन । डढेलोबाट निस्किएको धुवाँको मुस्लोले छिमेकी राष्ट्र न्यूजिल्याण्डलाई समेत असर पु९याइरहेको छ ।

आफ्ना देशका आगो नियन्त्रकहरुले नपुगेर आगो नियन्त्रणमा लिनलाई अस्ट्रेलियाले अन्य राष्ट्रबाट पनि सहयोग लिइरहेको अवस्था छ । यद्यपि, आगलागी नियन्त्रणमा आउन सकेको छैन । अनुसन्धानकर्ताहरु भन्छन्, ‘अस्ट्रेलियाको इतिहासमा यो अहिलेसम्मकै सबैभन्दा ठूलो डढेलो हो ।

यसको मतलब के अस्ट्रेलियामा पहिलादेखि नै यस्तो डढेलो लाग्ने गरेको थियो त ? 

हो ।

विकिपिडियाका अनुसार अस्ट्रेलियामा सन् १८५१ देखि डढेलोकै कारण ८ सयभन्दा बढी व्यक्तिले ज्यान गुमाइसकेका छन् । बिबिसीका अनुसार हरेक वर्ष अस्ट्रेलियामा ५२ हजारदेखि ५४ हजारसम्म डढेलो लाग्ने गर्दछ । जसमध्ये १३ प्रतिशत जानीजानी लगाइएको पुष्टि भएको छ भने ३७ प्रतिशत जानीजानी लगाइएको ‘शंका’ गरिएको छ । जंगलमा बार्बिक्यु गर्दा, चुरोट सेवन गर्दा वा अन्य लापरवाहीले गर्दा लाग्ने डढेलोलाई यसमा जोडिएको छैन ।
त्यसभन्दा अतिरिक्त प्राकृतिक कारणहरुले हुने गरेको छ जस्तै चट्याङ, अधिक सुख्खापन, अत्याधिक तापक्रम आदि ।

यसअघिको सबैभन्दा ठूलो डढेलो सन् २००९ मा अस्ट्रेलियाको भिक्टोरिया राज्यमा भएको ‘ब्ल्याक स्याटर्डे बुसफयर’ नामक डढेलालाई मानिएको छ जसमा १ सय ७३ जनाले ज्यान गुमाएका थिए । मौसम परिवर्तनको नतिजा हो रु
अस्ट्रेलियाका लागि डढेलो कुनै नौलो घटना होइन । यतिसम्म कि यस देशमा ‘डढेलो लाग्ने मौसम’ भनेर निश्चित मौसमलाई जोखिमपूर्ण घोषणा गरिएको छ ।
डिसेम्बरदेखि फेब्रुअरीसम्म चल्ने गर्मी महिनामा तापक्रम अधिक बढेर जाने र अत्याधिक सुख्खापन हुनाले अस्ट्रेलियामा विशेष गरेर यिनै मौसममा डढेलो लाग्ने गर्दछ । तर, यस वर्ष डिसेम्बर शुरु नभइ डढेलो लाग्न शुरु भयो ।

मौसमविद्हरुका अनुसार अस्ट्रेलियामा यसअघि यति छिटो र यति भीषण डढेलो कहिल्यै लागेको थिएन । कतिपयले त यसलाई मौसम परिवर्तनको एउटा विद्रुप नतिजाका रुपमा पनि चित्रण गरिरहेका छन् भने कसैले यसरी डढेलोलाई प्रत्यक्ष रुपमा मोसम परिवर्तनसँग दाँज्न नमिल्ने अभिव्यक्ति राखेका छन् ।

अस्ट्रेलियाका बुसफायर र प्राकृतिक जोखिम सहकारी अनुसन्धान केन्द्रका प्रमुख डा रिचार्ड थर्नटनका अनुसार कुनै पनि घटना भइरहेको छ भने जबसम्म त्यसको अन्त्य हुँदैन तबसम्म कुनै पनि नतिजामा हामफल्नु समझदारीको काम होइन त्यसैले अहिले नै डढेलोको कारण मौसम परिवर्तन हो भनेर दाबी गर्नु उपयुक्त होइन ।

यद्यपि, बिबिसीका अनुसार वैज्ञानिकहरुले धेरै अघि नै मौसम परिवर्तनका कारण अस्ट्रेलियामा बढिरहेको तापक्रम र सुख्खापनले डढेलोको मात्रा र आवृत्ति बढाउनेछ भनेर बारम्बार चेतावनी दिँदै आएका थिए ।

देशको मौसम विज्ञान विभागले पनि सन् २०१८ मा मौसम सम्बन्धि तयार पारेको एक रिपोर्टमा मौसम परिवर्तनका कारण तापक्रम बढिरहेको र यसले देशमा खडेरीजस्तो प्राकृतिक प्रकोप निम्त्याउने बारेमा उल्लेख गरिएको थियो ।

त्यस्तै, आगलागीसँग सम्बन्धित विभिन्न निकायका प्रमुख र केही नेताहरुको २३ जनाको समूहले मौसम परिवर्तन र यसले निम्त्याउने प्राकृतिक प्रकोपका बारेमा सरकारको ध्यानाकर्षण गर्दै बैठकका लागि आग्रह गरेतापनि सरकारले उक्त प्रस्ताव अस्वीकार गरेको थियो ।

मौसम परिवर्तनको विषयमा अस्ट्रेलियन सरकारले मौनता साँध्दै आएको यिनै कुराहरुले पनि प्रष्ट्याउँछ ।

नेताहरुको घोर भत्सर्ना
सामाजिक सञ्जालमा अहिले आगलागीको क्षतिसँगै अर्को भिडियोरतस्वीर पनि भाइरल भइरहेको छ । भिडियोमा अस्ट्रेलियन नागरिकले आफ्ना प्रधानमन्त्री स्कट मरिसनसँग हात मिलाउन नमानेको, उनलाई मूर्ख भनेको, सरापेको दृश्य देख्न सकिन्छ ।

म्रिसनको सरकारले बनाएको मौसमसम्बन्धि नीतिको निकै आलोचना हुँदा पनि त्यसको संशोधनमा ध्यान नदिएको बरु उल्टै त्यसको बचाउमा बोल्दै आएकाले पनि अस्ट्रेलियाली जनताहरु प्रधानमन्त्रीसँग रुष्ट थिए । त्यसमाथि देश जलिरहेको वेला परिवारसँग छुट्टि मनाउन हवाई गएको कुराले त झनै उनलाई आलोचनाको चुचुरोमा पु-याएको छ ।

जनताले प्रधानमन्त्रीको यतिसम्म विरोध गरे कि आगलागी भएको ठाउँमा स्थलगत निरिक्षण गर्न पुगेका मरिसनले हतारहतार आफ्नो गाडीमा फर्किनुप-यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?