एजेन्सी । अष्ट्रेलियाको जंगलमा लागेको आगोले भयावह रुप लिइरहेको छ । जंगलको आगो अब शहरका बस्तीमा फैलिन थालेको छ । यो आगोमा परेर अनगिन्ति पशुपंक्षीको ज्यान गएको छ ।
फायर फाइटर्सहरु जंगलको आगो निभाउन लागि परिरहेका छन् । यो भीषण आगोका कारण मानिसहरुको जनजीवन अस्तव्यस्त बनेको छ ।
हर-तरिकाबाट मानिसहरु एकअर्कालाई सहयोग गरिरहेका छन् । यसमा कायलेन वार्डले अहिलेसम्म पीडितहरुको उद्धारका लागि अनेक सहयोगमा जुटिरहेका छन् ।
तर अहिले उनले आगो पीडितका लागि अनौठो तरिका अपनाएकी छिन् । जसका कारण उनी एकदमै चर्चामा छिन् । सहयोगका लागि उनले आफ्ना फ्यानहरुसँग भनेकी छिन्,जसले अष्ट्रेलियामा लागेको आगोमा डोनेसन १० डलर दिन्छ र त्यसको प्रमाण मलाई देखाउँछ म उक्त व्यक्तिलाई मेरो नाङ्गो फोटो पठाउँनेछु ।
उनले यो पोस्ट सामाजिक सञ्जालमा राखेकी छिन् । यो पोस्ट गरे लगत्तै फ्यानहरुले उनको पोस्टमा कमेन्टहरुको वर्षा गरिरहेका छन् ।
उनले आफ्नो पोस्टमा लेखेकी छिन्,आगो पीडितहरुको यो सहयोगमा जसले १० डलर डोनेट गर्छ र त्यसको प्रमाण सहित मलाई जानकारी गराउँछ, म त्यसलाई मेरो एउटा नाङ्गो फोटो पठाउँनेछु ।
उनले पोष्ट गरे लगत्तै मानिसहरुले सहयोगका लागि उनलाई चार करोड ७० लाख नेपाली रुपैयाँ डोनशन गराएका छन् । यस्तो घिनलाग्दो काम गरेको भन्दै कायलेनलाई घरबाट परिवारले निकिालिदिएका छन् ।
उनको ब्वाईफ्रेन्डले पनि नाता तोडिदिएका छन् । तर यो सबै हुँदा पनि कायलेनले दुःख मानेकी छैनन् । उनी यस कुराले खुसी छिन् कि, एउटा नाङ्गो फोटोले आगो पीडितलाई राहत मिलेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया