काठमाडौं । सन् २०२० को पहिलो चन्द्र ग्रहण जनवरी १० (पौष २५ गते) लाग्दैछ । यस वर्षको पहिलो चन्द्र ग्रहण लाग्ने र श्री स्वस्थानी व्रतकथा एकै दिन शुरु हुने भएको हो ।
यस वर्षको पहिलो चन्द्र ग्रहण पुष २५ गते शुक्रबार राति १०ः५२ बजेदेखि सुरु हुनेछ । चन्द्र ग्रहण राति २ः५७ मा सकिनेछ ।
यो चन्द्र ग्रहण ४ घण्टासम्म लाग्नेछ । चन्द्रग्रहण नेपालसहित युरोप, अफ्रिका, एसिया र अष्ट्रेलियाबाट देख्न सकिने छ ।
पहिलो चन्द्र ग्रहणको दिनमा पौष पूर्णिमाको व्रत समेत परेको छ । साथै यसै दिनबाट श्री स्वस्थानी व्रतकथा सुरु हुन्छ । ग्रहण र पौष पूर्णिमा एकै दिन भएकाले समेत २०२० को पहिलो ग्रहणलाई महत्वका साथ लिइएको छ ।
सन् २०२० मा ६ वटा ग्रहण लाग्दैछन् । यसमध्ये २ वटा सूर्य ग्रहण र ४ वटा चन्द्र ग्रहण रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया