तपाईको आजको दिन कस्तो रहनेछ ? हेर्नुहोस्

काठ्माडौं | आज मिति २०७६ साल पुष महिनाको २३ गते बुधबार । इस्वी संवत २०२० जनवरी ८ तारिक । शकसंवत् १९४१ । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । नेपाल संवत ११४० थिंलागा । पौष शुक्लपक्ष । तिथी– त्रयोदशी,२६ बजेर ३४ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र– रोहिणी,१४ बजेर ५९ मिनेट उप्रान्त मृगशिरा । योग– शुक्ल,२१ बजेर १ मिनेट उप्रान्त ब्रम्ह । करण– कौलव,१४ बजेर ३५ मिनेट उप्रान्त तैतिल,२६ बजेर ३४ मिनेट उप्रान्त गर । आनन्दादिमा शुभ योग । चन्द्रराशि–बृष । काठमाडौंमा सूर्योदय ६ बजेर ५७ मिनेटमा, सूर्यास्त १७ बजेर २३ मिनेटमा । दिनमान २६ घडी ३ पला । सर्वार्थसिद्धि योग अहोरात्र। अरनिको स्मृति दिवस।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) : बोलीको प्रभाव बढ्ने हुनाले काउन्सेलिङ तथा मोटिभेसन क्षेत्रमा समय खर्चिनेहरुले मनग्ये धन आर्जन गर्न सक्नेछन् । स्रोत साधन जुट्नाले व्यवसायमा लगानी बढाउँन सकिनेछ । आफन्त तथा कुटुम्बबाट सुनिने सुखद समाचारले उत्साह जगाउँनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेको छ । पढाइ लेखाइमा मन जानेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) : नयाँ तथा रचानात्मक काम गरी आर्थिक अवस्था सुदृड पार्न सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने पुराना कामहरु सम्पादन हुनाले थप हौसला प्राप्त हुनेछ । सामाजिक काममा होमिनेहरुका लागि समयले साथ दिनेछ । अध्ययनमा सफलता प्राप्त हुनेछ भने उत्कृष्ट नतिजाले परिवारका सदस्य तथा गुरुहरु खुसि हुनेछन् । प्रमेमा रमाउन चाहनेहरुका लागी समय उत्कृष्ट रहेको छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) : दैनिक खर्च बढ्ने तथा भैपरी आउँने समस्याले सताउँनेछ । स्वास्थ्य सम्बन्धि समस्या बढ्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । सापट लगिएको रकम नउठ्नाले दैनिकी असहज हुनेछ । धन तथा भौतिक सम्पत्ति हराउन तथा लुटिन सक्छ ध्यान दिनुहोला । तापनि लामो दूरीको विदेश यात्राको गतिलो योग रहेको छ भने विदेशी सामानकोे व्यापार फस्टाएर जानेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) : विभिन्न साधन स्रोत जुटाई दिगो फाइदा हुने काम आरम्भ गर्न सकिनेछ । पैत्रिक सम्पत्तिको प्रयोगमार्फत आम्दानी बढाउँन सकिनेछ । शिक्षा तथा बैकिङ क्षेत्रमा गरिएको लगानीबाट मनग्ये धन आर्जन गर्न सकिनेछ । प्रणय सम्बन्धका रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ । दाजुभाईको सहयोगले भौतिक सम्पत्ति तथा सवारी साधन जोड्न सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) : कार्यक्षेत्रमा काम गर्दा ध्यान दिनुहोला आलोचना गर्नेहरु सक्रिय हुनेछन् । अनावश्यक साइनो गास्ने तथा बचन दिनेहरुबाट सजक रहनुहोला । सरकारी तथा प्रशासनिक काम गर्दा ध्यान दिनुहोला । सेवा प्रवाह गर्नेहरुले समयमा काम नगर्दिनाले महत्वपुर्ण अवसरबाट बञ्चित हुनु पर्नेछ । राजनीतिकर्मिहरुका लागी समय मध्यम रहेकोले जनताबाट आलोचना सहनु पर्नेछ । आमा बुवा तथा अग्रजसँग मनमुटाव बढ्ने योग रहेको छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) : भाग्य तथा धर्म भावमा गोचर गर्ने चन्द्रमाले सानो प्रयत्नले राम्रा तथा उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । पढाइ लेखाइको लागि समय उत्तम रहेकोछ भने खोज तथा अनुसन्धानको क्षेत्रबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । प्रेम सम्बन्ध सकारात्मक बाटोमा बढ्नेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने धार्मिक यात्रा हुने प्रवल सम्भावना रहेको छ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) : खानपान तथा मौसमको ध्यान दिनुहोला, स्वास्थ्यमा समस्या आइ औषधी उपचार खर्च बढ्नेछ । धेरै समय दिएमात्र व्यापार व्यवसायमा आम्दानी गर्न सकिनेछ । सामाजिक काममा समय दिन नसकिने हुनाले जिम्मेवारी बहन नगर्नुनै ठिक हुनेछ । अध्ययनमा मन नजानाले नतिजा अरुकै पोल्टोमा पर्नेछ । प्रेममा धोका हुनेछ । भौतिक सम्पत्ति प्रयोग गर्दा ध्यान दिनुहोला ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) : भौतिक साधन तथा सवारी साधनको प्रयोग गर्दा विचार पुर्याउँनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । अध्ययनमा मन नजाने हुनाले अरुभन्दापछि परिने चिन्ताले सताउँनेछ । आफन्त तथा घर परिवारका सदस्यहरुको पनि सहयोग तथा समर्थन नहुँदा एक्लोपनको महसुस हुनेछ । एकल तथा साझेदारी व्यवसायमा समय दिन नसक्दा आर्थिक व्यवस्थापन गर्न गाह्रो पर्नेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) : प्रतिस्पर्धा भावमा गोचर गर्ने मध्यम चन्द्रमाले विद्या तथा प्रतिस्पर्धामा नतिजा आफ्नो पक्षमा पार्न बढी नै मेहनेत गर्नु पर्नेछ । आफन्त तथा मामा पक्षसँग मनमुटाव सिर्जना हुनेछ । खानपानमा ध्यान दिनुहोला । स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । न्यायिक निर्णयहरु तपाईको पक्षमा नहुन सक्छ । माया प्रेममा शंका गर्नाले सम्बन्धमा चिसोपनको सुरुवात हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) : पढाइ लेखाइमा मन जाने तथा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेमको डोरी कसिलो हुनेछ भने विभिन्न वस्तु तथा उपहार प्राप्त हुनेछ । व्यवसायकै सवालमा रमाइलो यात्रा गर्न सकिनेछ । आफन्त तथा सन्तानको प्रगतिमा मन रमाउनेछ । बौद्धिक तथा प्राज्ञिक क्षेत्र फराकिलो हुनेछ भने तपाईको प्रस्तुतिले सबैको मन आकर्षित गर्नेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) : सजक नबन्दा आफन्त टाढिनेछन् भने अध्ययन तथा कामको सिलसिलामा लामो दूरीको कष्टकर यात्राको तय गर्नुपर्दा मन खिन्न हुनेछ । व्यापारमा मन्दि आउँने भएपनि कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । छोटो समयका लागि हेरिने फाइदाले पछिलाई घाटा हुन सक्छ । योजनाहरु तत्काल सार्वजनिक नगर्नुनै उत्तम हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) : न्यायालयसँग सम्बन्धित कामहरु थाती राख्नुहोला । खेलकुद तथा पराक्रमि क्रियाकलापमा भाग लिने अवसर आएपनि भनेजस्तो नतिजा निकाल्न मुस्किल पर्नेछ । बन्धुबान्धवहरुसँग मनमुटाव सिर्जना हुनेछ भने सैद्धान्तिक राय बाजिनेछ । समय मध्यम रहेकोले चोटपटक लाग्ने तथा स्वास्थ्यमा समस्या देखापर्नेछ । पढ्ने लेख्ने काममा मन नजानाले अरुभन्दा पछि परिनेछ ।

तपाईको दिन शुभ रहोस् ।
ज्यो दुर्गा भण्डारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?