काठमाडौँ । राजधानीको नयाँ बसपार्क क्षेत्रमा हुने गरेका अमर्यादित गतिविधि रोक्न प्रहरीले निगरानी तीव्र बनाएको छ ।
महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले सो क्षेत्रलाई मर्यादित, शान्तिपूर्ण र अमनचयनयुक्त बनाउन अभियान नै थालेको थालेको छ ।
प्रहरीको ‘स्विप अपरेशन’ नामक अभियानमार्फत बसपार्क प्रहरीले मंगलबार गंगबु, बिजीमल, दिपज्योति आसपास क्षेत्रबाट शंकास्पद रुपमा हिँडडुल गरिरहेका ३८ पुरुष र १५ महिला गरेर ५३ जनालाई नियन्त्रणमा लिएको छ ।
महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख इन्सपेक्टर सन्तोष कुमार दाहालले पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको जनाए ।
स्विप अपरेशनका क्रममा पुस २० गते पनि प्रहरीले ११३ जनालाई नियन्त्रणमा लिएको थियो । त्यसमध्ये केही रिहा भएपनि केहीलाई भने थप अनुसन्धानका लागि महानगरीय प्रहरी बृत्त महाराजगन्ज पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया