भारतले डोकलामबाट सबक सिकेको हुनुपर्छ : चीन

बेइजिङ, ८ माघ । चिनियाँ विदेशमन्त्रालयले डोकलाम चीनको भूभाग भएको र चीनले यस क्षेत्रमा सडक बनाउनु पूर्ण जायज भएको बताएको छ चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता लु कांगले बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा डोकलाम विवादबाट भारतले ठूलो सबक सिक्नुपर्ने बताएका छन् हालैमात्र केही भारतीय मिडियाले स्याटेलाइटबाट लिइएको तस्बिर छाप्दै चीनले यो विवादित क्षेत्र नजिकै आफ्नो ठूलो सैन्य क्याम्प निर्माण गरेको र सैन्य तथा सडक निर्माणका सामग्री राखेको देखिएको उल्लेख गरेका थिए चीनले यसरी निर्माण सामग्री राखेको भनिएको डोकलामको यो क्षेत्रमा गत वर्ष भारत र चिनियाँ सेना आमनेसामुने हुँदा युद्धको सन्त्रास फैलिएको थियो यद्यपि भारतीय विदेश मन्त्रालयले विवादित स्थानमा केही पनि नभएको बताएको छ । तर भारतीय राजनीतिक पार्टीले भने चिन्ता व्यक्त गरेका छन् बेइजिङमा भएको एक पत्रकार सम्मेलनमा लु कांगले यो मामलामा गरिएको प्रश्नको उत्तरमा भने, ‘मैले पनि यो रिपोर्ट हेरे र मलाई आश्चर्य लाग्यो कि तस्बिर कसले उपलब्ध गरायो ।’उनले डोकलाम विवादमा चीनको भनाई स्पष्ट गर्दै भने, ‘डोकलाम चीनको भाग हो र सधैं चीनको अधिकार क्षेत्रमा रहनेछ । यस बारेमा कुनै सन्देह छैन ।’‘चीनले यो इलाकामा आधारभूत ढाँचा बनाउनका लागि निर्माण गतिविधि चलिरहेको छ । जस्तो कि त्यहाँ रहेका मानिसहरु र सैनिकका लागि सडक बनाउनु पनि हो । यो वैध हो र कानुनको दायरामा नै रहेको छ ।’गत वर्षको अगस्टको अन्तिममा सिक्किम नजिकै रहेको डोकलामबाट भारत र चीनले आफ्ना सैनिक फिर्ता बोलाउने निर्णय गरेका थिए । यसअघि ७३ दिनसम्म भारत र चीनका सेनाबीच तनावको अवस्था सिर्जना भएको थियो उनले भने, ‘हामीलाई विश्वास छ कि भारतले यसबाट सबक सिक्यो र यसको पुनरावृत्ति हुनेछैन । गत वर्ष शियामेनमा भएको ब्रिक्स सम्मेलनका क्रममा दुवै देशेले आपसी सम्बन्ध बलियो बनाउन सहमति जनाएका थिए । भारत यो दिशामा अघि बढ्नेछ भन्ने हामीलाई विश्वास छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?