यसरी गर्नुस् विवाहमा मेकअप

–यदि तपाई जाडो महिनामा विवाह गर्दै हुनुहन्छ भने विवाहको दिन भन्दा पहिले नै तपाईंले ट्रायल मेकअप गर्नु जरुरी हुन्छ । यसले तपाईं विवाहको दिन कस्तो देखिनु हुन्छ भन्ने कुरालाई थाहा पाउन सकिन्छ । यसका साथै यसले तपाईंको मेकअपलाई प्राकृतिक उज्यालो र चिसो याममा मेकअप गर्दा कस्तो देखिनु हुन्छ भन्ने कुरा थाहा हुन्छ –विवाह गर्दा दुलहीले अनिवार्य रुपमा आफूसँग राम्रो पफ्र्युम र सेटिङ पाउडर राख्नुपर्छ । विवाह भइरहेको समयमा आफ्नो मेकअप बिगरेर फेरि मिलाएर गर्नुपर्ने अवस्था आओस् भन्ने कुनै पनि दुलहीले चाहन्नन् । विवाहमा साथी, परिवारका सदस्य, दुलहा सबै जना दुलहीको प्रतीक्षामा हुन्छन् । यस्तोमा दुलही मेकअप गर्न घरिघरि अर्को ठाउँमा गएका खण्डमा विवाहको मज्जामा ढुंगा लाग्छ –जब तपाईंको मेकअप आर्टिस्टले तपाईंलाई कस्तो फाउन्डेसनको प्रयोग गर्नु हुन्छ भनेर सोध्यो भने तपाईंले आप्mनो ब्यागमा भएको फाउन्डेसन प्रयोग नगरी मौसम र तपाईंको छालाको प्रकृति अनुसारको फाउन्डेसन प्रयोग गर्नुपर्छ । मौसम अनुसार छालाको रङमा परिवर्तन आउँछ । त्यसैले गर्दा मौसम अनुसारको फाउन्डेसन प्रयोग गर्नुपर्छ –आफ्नो छालाको सधैं स्याहार गर्नु भनेको सधैँ आफ्नो दाँतलाई सफा गर्नुजस्तै हो । त्यसैले सधैं आप्mनो छालाको हेरविचार गर्नुपर्छ । जहिले पनि आफूलाई सुहाउने गरी ब्युटी प्रोडक्ट प्रयोग गर्नुपर्छ । यसले अनुहारको छालालाई पोषण गर्ने काम गर्छ । अनुहारलाई फेसवासले दिनमा दुई पटक बिहान र बेलुका अनिवार्य रुपमा सफा गर्नुपर्छ –घरिघरि अनुहारलाई प्याडले सफा गर्नु हुँदैन, यसले मेकअप बिग्रन सक्छ । त्यसैले गर्दा एक चोटि राम्रोसँग मेकअप गरिसकेपछि त्यसलाई घरिघरि कपडाले वा प्याडले पुछ्नु हुँदैन –विवाहको समयमा दुलहीले आफूसँग जहिले पनि खाने कुरा राख्नुपर्छ । ताकि जब उसलाई भोक लाग्छ उसले त्यो खान सकोस् । दुलहीले अरुजस्तो घरि–घरि उठेर हिँड्न मिल्दैन । त्यसैले सधैं आपूmसित खाने कुरा राख्नु पर्छ –बिहे नजिकिँदै गर्दा दुलहा वा दुलहीमा तनाव बढ्दै जाँदा निद्रा पनि टुक्रन थाल्छ । यस्तो अवस्थामा दुवैको निद्रा कचल्टिने हुन सक्छ । निद्रा राम्रोसँग पूरा भएन भने अनुहार नराम्रो र थकित देखिन्छ । त्यसैले विवाहको समय नजिकिदै गर्दा अनिवार्य रुपमा ८ घण्टा सुत्नुपर्छ । यसले अनुहारमा निखार ल्याउँछ, जुन कुनै पनि ब्युटी प्रोडक्ट लगाएर आउन सक्दैन –बिहे गर्दा दुलहीले अनिवार्य रुपमा फेसियल गर्नुपर्छ । यसले अनुहारलाई सुन्दर र आकर्षक बनाउँछ । दुलहीले आप्mनो मेकअप गर्ने व्यक्तिलाई आफ्नो अनुहारलाई कसरी आकर्षक देखाउन सकिन्छ भन्ने कुरा सोध्नु पर्छ । बिहेको एक दिन अगाडि फेसियल गर्नु हुँदैन । दुलहीले बिहेको दुई तीन दिनअगाडि नै फेसियल गरेको राम्रो हुन्छ । यसले गर्दा अनुहारमा मेकअप राम्रोसँग बस्छ र अनुहारमा निखार आउँछ –बिहेको बेला दुई लिटर पानीमा काँक्रा, स्ट्राबेरी वा कागती आफ्नो स्वादअनुसार खानुपर्छ –यदि बिहे जाडो महिनामा हुँदैछ भने पनि दुलहीले युभी प्रोटेक्सन भएको फाउन्डेसन लगाउनु पर्छ । यसले अनुहारलाई चम्किलो बनाउँछ –जाडो महिनाको हावा चिसो हुन्छ । यसले अनुहार र छालालाई सुख्खा बनाउँछ । त्यसैले गर्दा राति सुत्नुअघि अनुहारमा अनिवार्य नाइट क्रिम लगाउनु पर्छ । यी बेलामा लगाएको क्रिम धेरै प्रभावकारी हुन्छ –मरेको छालाको कोसहरुले दुलहीको सुन्दरतालाई कम गर्ने काम गर्छ । त्यसैले अनुहारमा मरेको छालाको कोस हटाउन सधैं एक्सफोलिएट भएको क्रिमको प्रयोग गर्नुपर्छ । यसले अनुहारको मरेको छालाको कोस हटाउने काम गर्छ –तपाईंको विवाह जाडो महिनामा हुँदैछ भने तपाईंले आफ्नो ओठलाई सुन्दर बनाउनु पर्छ । यसका लागि ओठलाई फुट्न दिनु हुँदैन । यसका लागि आफूसँग जहिले पनि लिप बाम राख्नुपर्छ । यसले ओठलाई फुट्नबाट रोक्छ –जाडो भन्नेबित्तिकै अनुहारमा धेरै क्रिम लगाउनु पर्छ भन्ने होइन । त्यसैले जाडोमा कहिलेकाहीँ अनुहारलाई सेल्फ टोनको हल्का टच दिनुपर्छ । यसले अनुहारलाई प्राकृतिक सुन्दरता दिन्छ –बिहेमा दुलकीहरुले जति रुदिनँ भने पनि रुन्छिन् । त्यसैले दुलहीले आफूसँग जहिले पनि टिस्यु पेपर राख्नुपर्छ । भारी मेकअपका बेला तपाईंलाई रुन मन लाग्यो र लगातार आँसु चुहिरह्यो भने तपार्इंको मेकअप बिग्रिन सक्छ । त्यसैले रुमाल वा टिस्यु पेपर आफूछेउ राख्न नबिर्सनुस् –बिहेमा दुलहीले आफूसँग अनिवार्य रुपमा पाउडर पफ राख्नु पर्छ । कथं कदाचित दुलहीको आँखामा आँसु आयो भने मेकअपलाई बिग्रनबाट रोक्न पाउडर पफको प्रयोग गर्नुपर्छ –दुलहीको मेकअप गर्दा गालामा रोजको प्रयोग गरिसके पछि ब्रोन्जर अफ कनटोर लगाउनुपर्छ –जाडो महिनामा चिसो हावाले अनुहारको मोश्चरलाई कम गरिदिन्छ । यस्तोमा तपाईंले प्रयोग गर्ने प्रोडक्टले तपाईंलाई केही मद्दत गर्न सक्दैन । यस्तोमा तपाईंले आप्mनो अनुहारमा अलकोहल फ्रि प्रोडक्टको प्रयोग गर्नुपर्छ –जाडो महिना भन्नेबित्तिकै अनुहारलाई जहिले पनि तातो पानीले सफा गर्नुपर्छ भन्ने छैन । कहिलेकाहीँ अनुहारलाई सफा गर्दा चिसो पानीले पनि गर्न सकिन्छ । अनुहार सफा गर्दा अनुहारको पोरस् खुल्छ । यसलाई फेरि बन्द गर्न चिसो पानीले पखाल्नुपर्छ –बिहेको समयमा दुलहीको लिपस्टिक बिग्रन सक्छ । यस्तोमा दुलहीले अरुबेला भन्दा अलि बढी लिपस्टिक लगाउनु पर्छ । त्यसैले बिहेमा दुलहीले स्ट्रबेरीको जस्तो रातो र उज्यालो रङको लिपस्टिकको प्रयोग गर्नुपर्छ –बिहेमा दुलहीले अनुहारको मसाज गर्दा घाँटीको पनि मसाज गराउनु पर्छ । यसले तपाईंको शरीरको रगतको प्रसारलाई सहज बनाउनुका साथै अनुहारमा रगतको राम्रो प्mलो गरिदिन्छ । जसले अनुहारलाई सुन्दर र आकर्षक देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?