काबुलको होटलमा भएको आक्रमणको संयुक्त राष्ट्रसंघद्वारा निन्दा

न्युयोर्क, ८ माघ । अफगानिस्तानको राजधानी काबुलमा रहेको एक होटलमा आइतबार भएको आक्रमणको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले निन्दा गरेका छन् अफगानिस्तानका लागि संयुक्त राष्ट्रसंघको सहयोग मिसनका प्रमुख तडामिची यमामाटाले सोमबार प्रकाशन गरेको विज्ञप्तिमा महासचिव गुटेरेसले सो घटनाको कडा शब्दमा निन्दा गरेका छन् उनले आक्रमणमा ज्यान गुमाएका परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्नुका साथै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् गुटेरेसका प्रवक्ताद्वारा प्रकाशित विज्ञप्तिमा आफू अफगान सरकार र जनताको साथमा सधैँ रहेको पनि बताएको उल्लेख छ काबुलस्थित इन्टरकन्टिनेन्टल होटलममा भएको आक्रमणमा परी २२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये १४ जना विदेशीसहित अन्य अफगान नागरिक परेका छन् आतंककारीहरुले आक्रमण गरेपछि सुरक्षाकर्मीले जवाफी आक्रमण गरेका गृह मन्त्रालयका प्रवक्ता नाजीब डेनिसले बताएका छन् । पाँच आतंककारी होटेलभित्र प्रवेशगरी अफगान र विदेशी अधिकारी लक्षित आक्रमण गरेको बताइएको छ अफगान सुरक्षाबलको १२ घण्टाको संघर्षपछि मात्र स्थिति नियन्त्रणमा आएको थियो । अफगान गृह मन्त्रालयले होटल आक्रमणको घटना अहिले पूर्ण रुपमा नियन्त्रणमा आएको जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?