महानगरीय प्रहरी परिसरका असई ३ लाख घुससहित पक्राउ

काठमाडौं, ८ माघ । महानगरीय प्रहरी परिसर रानीपोखरीमा कार्यरत असई ३ लाख घुससहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा असई रमेश खड्का रहेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले खड्कालाई घुससहित पक्राउ गरेको हो ।
काठमाडौंको पेप्सीकोलाको एक सहकारीसँग सम्बन्धित कारोबारको कागज लुकाएर पीडितसँग बार्गेनिङ गरि घुस लिएको बताएको छ ।
पीडितको उजुरीका आधारमा उनलाई अख्तियारले नियन्त्रणमा लिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?