सनराइज बैंकले गर्‍याे २ शाखारहित बैंकिङ्ग सेवाको शुरुवात

काठमाडौं । सनराईज विकास बैंकले लमजुङको र तनहुँमा शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको छ । बैंकले लमजुङको ठुलीवेशीमा ४५ औँ तथा तनहुँको टुहुरेपसलमा ४५ औँ शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरिएको जनाएको छ ।

लमजुङको शाखा मस्याङ्दी गाँउपालिकाका वडाध्यक्ष लिला प्रसाद घलेले गरेका हुन् । साथै घलेले उक्त सेवाको प्रतिनिधि कर्णसिंह तामाङ्गलाइ पस मेसिनको हस्तान्तरण गरि उद्घाटन गरेका हुन् ।

त्यस्तै तनहुँको सेवा भने भानु नगरपालिकाका प्रमुख तारा नरेश पौडेल तथा गण्डकी प्रदेशका प्रमुख रविन्द्र केसीले शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधि विष्णु शिलवाललाई पस मेसिन संयुक्त रुपमा हस्तान्तरण गरि उद्घाटन गरेका हुन् ।

साथै शाखारहित बैकिङ्ग सेवाको शुरुसँगै ग्राहकहरुको लागि थप सेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?