फिल्मबाट एक वर्षमै ७ सय करोड कमाउने पहिलो अभिनेता बने अक्षय कुमार

एजेन्सी । बलिउड अभिनेता अक्षय कुमारले बलिउड जगतमै चर्चित द्वय अभिनेता शाहरुख खान र सलमान खानले बनाउन नसकेको रेकर्ड बनाएका छन् । अर्थात् बलिउड सिने क्षेत्रमा अहिले सम्म कसैले बनाउन नसकेको रेकर्ड बनाएका छन् ।

उनको फिल्मले भारतमा एक वर्षमा ७ सय करोड भन्दा धेरै रुपैयाँ कमाउन गर्न सफल भएको छ । सन् २०१९ उनको जीवनकै सबैभन्दा राम्रो वर्ष घोषित भएको छ । उनका ४ वटै फिल्महरु हिट मात्र भएनन्,यी चारै फिल्मले कमाएको रकम अत्याधिक रहेको छ ।

अक्षयको फिल्म केसरीले भारतीय १ सय ५३ करोड रुपैयाँ कमाएको थियो भने मिसन मंगलले २ सय करोड १६ लाख कमाएको छ । त्यस्तै हाउसफुल ४ ले २ सय ६ करोड भारतीय रुपैयाँ कमाएको थियो ।

अहिले हलमा चलिरहेको गुड न्युजले ११ दिनमै १६७ करोड ५० लाख कमाइसकेको छ । एक वर्षमा चलेका फिल्महरुमध्ये अक्षयकुमारले चार वटा फिल्मबाट अहिलेसम्म् ७ सय २६करोड ६६ लाख रुपैयाँ कमाउन सफल भएका छन् । साथै उनले बलिउडकै अर्का चर्चित अभिनेता रणवीर सिंहको रेकर्ड तोडेका छन् ।

अहिलेसम्म एकै वर्षमा चलेका एउटै अभिनेताको चलचित्रहरुले ६ सय करोड रुपैयाँ भन्दा माथि कमाउन सकेको छैन । अक्षय कुमारको यो रेकर्ड भन्दा पहिला एकै वर्षमा धेरै रकम कमाउने अभिनेताको रेकर्ड राणवीर सिंहको नाममा थियो ।

सन् २०१८ मा प्रदर्शन भएका रणवीर सिंहका दुई फिल्महरुले ५४२ करोड ४६ लाख कमाएको थियो । त्यस्तै सन् २०१५ मा सलमान खानका दुई फिल्मले ५०३ करोड ५० लाख कमाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?