नेपाल राष्ट्र बैंकका ३६ कर्मचारीको बढुवा, कस्को जिम्मेवारी कहाँ ? (सूचिसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न तहका कर्मचारीहरुको पदोन्नती गरेको छ । जस अन्तर्गत राष्ट्र बैंकले आफ्ना मातहतका ३६ जना कर्मचारी बढुवा गरेको छ । मंगलबार एक सूचना जारी गर्दै ३६ जना कर्मचारीको बढुवा गरिएको राष्ट्र बैंकले जनाएको छ ।

जस अन्तर्गत राष्ट्र बैंकले प्रशासन सेवातर्फको निर्देशक अधिकृत प्रथम मा ९ जनालाई बढुवा गरिएको हो । भने प्रशासन सेवा तर्फको उपनिर्देशक अधिकृत द्धितीय मा २७ जना कर्मचारी बढुवा गरिएको राष्ट्र बैंकको सूचनामा उल्लेख रहेको छ ।

राष्ट्र बैंकका अनुसार उपनिर्देशक पदमा कार्यरत कर्मचारीहरुको राष्ट्र बैंक, कर्मचारी सेवा विनियमावली २०६८ तेस्रो संशोधन समेत को विनिमय ५३ अनुसार ९ जनालाई निर्देशक पदमा बढुवा गरिएको हो । त्यस्तै विनियमावलीकै आधारमा अहिले सहायक निर्देशक पदमा कार्यरत २७ जना कर्मचारीहरुलाई निर्देशक पदमा बढुवा गरिएको राष्ट्र बैंकले जनाएको छ ।

यस्तो छ जिम्मेवारी बाँडफाँड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?