काठमाडौं, ८ माघ – यतिबेला अभिनेता अनमोल केसीले मुख्य भूमिका निर्वाह गरेको चलचित्र ‘कृ’ रिलिज नजिकिँदै गर्दा उनको चर्चा चुलिएको छ। चलचित्र ‘गाजलु’ पछि मिडियामा समेत त्यति नदेखिएका केसी फिल्म प्रचारका लागि मिडियामा अन्तर्वार्ता दिइरहेका छन् । पछिल्लो चलचित्र ‘कृ’ को प्रचारमा सक्रियताका साथ देखिएका अनमोलको चलचित्र माघ २६ मा रिलिज हुँदैछ आजसम्म अभिनय गरेका चलचित्रमा उनलाई ‘लभर ब्याइ’ का रुपमा देखिएको थियो भने अब उनी पूरै एक्सन भूमिकाका साथ’कृ’ मा देखिने निर्माण टिमले बताउँदै आएको छ । एउटा संयोग के छ भने ‘कृ’ को पोस्टर रिलिजदेखि ट्रेलर रिलिजसम्म युट्युबमा नम्बर वान ट्रेन्डिङमा छन् अनमोल लामो समय युट्युबमा ट्रेलर ट्रेन्डिङमा परेको अनमोल अभिनित चलचित्र ‘कृ’ को चर्चा त एकातिर भयो नै । अर्कातिर अनमोलले मिडियालाई दिएका अन्तर्वार्ता पनि ट्रेन्डिङमा परेका छन् । सम्भवतः यो नेपाली सिने क्षेत्रका लागि पहिलो संयोग हो । युट्युबको ट्रेन्डिङमा एकभन्दा बढी आफ्ना अन्तर्वार्ता देखिँदा अनमोलले फेसबूकमार्फत धन्यवाद व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबूकमा आफूलाई यसरी ट्रेन्डिङमा पर्दा खुशी लागेको बताउँदै आफ्ना फ्यान र सुभेच्छुकलाई धन्यवाद दिएका हुन् यसअघि उनले चलचित्र ड्रिम्स, गाजलु र जेरीमा लिड रोलमा अभिनय गरेका थिए । त्यस्तै उनले सानो भूमिका निभाएको चलचित्र ‘म तिमीविना मरिहाल्छु’ ले पनि व्यावसायिक रुपमा सफलता हासिल गरेको थियो । समीक्षक तथा दर्शकबाट समेत अभिनय गर्न नजानेको भन्ने आरोप त आउँछ तर उनले अभिनय गरेका सबै चलचित्र व्यावसायिक रुपमा भने सफल छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया