काठमाडौं । एन आई सी एशिया बैंकले आफ्ना ग्राहकहरुलाई आधुनिक तथा प्रतिष्पर्धी सेवा प्रदान गर्नका लागि सपोर्ट सेवा २४ सै घण्टा सञ्चालन गर्ने भएको छ । बैंकले उक्त सेवा २०७१ साल देखि नै सञ्चालन गरेको थियो । ग्राहकहरुलाई कुनै सहायता आवश्यक्ता परेमा ३६५ दिन र २४ सै घण्टा सञ्चालन गर्न लागिएकोे बैंकले जनाएको छ । ग्राहकहरुले सहायताको लागि उक्त सेवा मार्फत भएका गुनासो सुनुवाई गर्नुका साथै आवश्यक सुचना समेत उपलब्ध गराउँने विश्वास बैंकले लिएको छ ।
उक्त सेवा प्रयोग गर्नका लागि ग्राहकहरुले बैंकको आधिकारिक वेबसाइट www.nicasiabank.com मा गइ साथीसँग लाईभ च्याट गरि वा बैंकको टोल फ्री नम्बर १६६०–०१–७७७७१ मा कल गर्नुपर्नेछ । वा [email protected] मा ईमेल गरि वा ९८०१२२७७५५ मा मिस्ड कल गरि बैंकका प्रतिनिधिहरुसँग आफ्ना जिज्ञासा, गुनासो, सल्लाह तथा सुझावहरु समेत राख्ने व्यवस्था रहेको बैंकले जनाएको छ ।
साथै उक्त सेवाको प्रयोग गरी ग्राहकहरुले बैंकलाई दिएका सल्लाह, सुझाव तथा गुनासोहरुलाई उच्च प्राथमिकतामा राख्दै सम्बोधन गरी ग्राहकहरुका लागि विशेष लाभ पुग्ने विश्वास बैंकले लिएको छ ।
सञ्जाल विस्तारको हिसाबले सबैभन्दा अग्रणी मानिएको एन आई सीको मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४०९ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । करिब २० लाख ग्राहकहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका बैंकले जनाएको छ ।
बैंकले गत आर्थिक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया