अष्ट्रेलियामा १० हजार उँट मार्न आदेश

एजेन्सी । भीषण आगोका कारण अष्ट्रेलियामा ५० करोड वन्यजन्तु मरिसकेका छन् । आगो अझै नियन्त्रणमा आएको छैन् ।

अष्ट्रेलियामा पानीको अभाव हुने भएकाले १० हजार उँटलाई मार्न आदेश दिइएको छ । वन्यजन्तुको रक्षा गर्न र आगो नियन्त्रणमा लिनको लागि सरकारले रेस्क्यु अप्रेशन चलाइरहेको छ ।  अष्ट्रेलियाली क्षेत्रका आदिवासी नेताहरुले १० हजार जंगली उँटलाई प्रोफेसनल शूटर हेलिकप्टरद्वारा मार्न आदेश दिएका छन् ।

उँटले धेरै पानी पिउँने भएकोले १० हजार जंगली उँटलाई मार्न आदेश दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले बताएका छन् । सञ्चारमाध्यामका अनुसार देशलाई पानीको समस्या नहोस् भन्नको लागि मार्न आदेश दिइएको हो ।

सञ्चारमाध्यामका अनुसार बुस फायरको अत्यधिक असर कोआला जनावरहरुमा परेको छ । जसको संख्या अहिले आधा भन्दा कम रहेको छ । साथै स्थानीयहरुले भने पानी खोज्दै जंगली जनावरहरु बस्तीका घरमा पस्न थालेको बताएका छन् ।

सञ्चारमाध्यामका अनुसार ५ दिन भित्र १० हजार उँट मार्न आदेश दिइएको छ । यदि उँटलाई कन्ट्रोल गर्न सकिएन भने प्रत्येक ९ वर्षमा जंगली उँटहरु दुई गुणाले बढ्ने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?