बेलायतका राजकुमार दम्पत्ति राजपरिवारका वरिष्ठ सदस्यको भूमिकाबाट अलग रहने

काठमाडौं । बेलायतकी महारान एलिजावेथका नाति प्रिन्स हैरी र उनकी पत्नी राजकुमारी मेगन राजपरिवारका वरिष्ठ सदस्यको भूमिकाबाट अलग रहने भएका छन् ।

उनीहरु आफूलाई आर्थिक रुपले सबल र स्वतन्त्र बनाउन लागि पर्ने भन्दै राजपरिवारका वरिष्ठ सदस्यको भूमिकाबाट अलग रहने बताएका छन् ।

‘ड्यूक तथा डचेज अफ सक्सेस’ ले यसबारेमा खुलासा गरेको हो । अब प्रिन्स हैरी र मेगनले बेलायत र उतर अमेरिकामा अबको जीवन बिताउने बताएका छन् । बीबीसीका अनुसार शाही जोडीले यो घोषणा पहिले राजपरिवारका कोही सदस्यसँग कुनै सरसल्लाह नगरी गरेका थिए ।

बुधबार आफ्नो इन्स्टाग्राम पेजमा हैरी र मेगना दुवैले धेरै विचार विमर्शपछि आफूहरु यस फैसलामा पुगेको उल्लेख गरेका छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?