स्वस्थानीमा पुरुष व्रतालुले पालना गर्नुपर्ने नियम

काठमाडौं । स्वस्थानी व्रत नेपाली महिलाहरूले गर्ने कठीन व्रत हो । यो पर्व पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमा सम्म १ महिना चल्दछ । यो व्रतमा भगवान शिवको पूजा आराधना गरिन्छ ।

सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन श्री स्वस्थानी व्रत बसेको र चिताएको कामना पुरा भएको विश्वासमा श्रीस्वस्थानी व्रतकथा प्रचलन रहेको विश्वास गरिन्छ । विशेष गरि महिलाहरूले स्वस्थानी व्रतको बस्ने गर्दछन् । व्रत बस्नाले बस्नाले ब्रताकथामा बर्णन गरिएजस्तै सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगब्याध पनि नष्ट हुने विश्वास गरिन्छ ।

परापूर्वकालदेखि चल्दै आएको एवं भगवान विष्णुको आदेशमा माता पार्वतीले तीनलोकमा नै स्वस्थानी माताको व्रत बसाल्न स्वर्गलोकमा नारद ऋषि र मर्त्यलोकमा सप्तर्षी एवं पाताललोकमा अश्वत्थामालाई पठाउनुभएको थियो ।

किंवदन्ती एवं पुराणको अनुसरण गर्दै अहिलेसम्म पनि स्वस्थानी माताको व्रत बस्ने परम्परा चलिआएको छ । सोही अनुरूप भगवान विष्णुको स्वरूप श्री माधवनारायणको प्रतिमालाई साक्षी राखी यो व्रत प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म निरन्तर रूपमा चल्दै आइरहेको छ ।

सत्ययुगमा हिमालयपुत्री पार्वतीले महादेव स्वामी पाउन विष्णुको सल्लाहअनुसार निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकाङ्क्षा पूर्ण भएको र पछि पार्वतीले लोककल्याणका निम्ति यो व्रतकथा प्रचारप्रसार गराई गरिब तथा दुःखीहरूको उद्धार गर्नुभएको कथाका रूपमा नेपाली समाजमा प्रचलित छ ।

एकतीस अध्याय रहेको श्रीस्वस्थानी व्रतकथाको बाह्रौँ अध्यायमा श्रीस्वस्थानीको महिमाबारे वर्णन गरिएको र श्रद्धापूर्वक श्रीस्वस्थानीको व्रत बसी कथा वाचन तथा श्रवण गरेमा दुःख तथा रोगव्याधि नाश हुने र मनले चिताएको पुग्ने पार्वती, गोमा र नवराज तथा चन्द्रावतीजस्ता पात्रका माध्यमबाट प्रष्ट पार्न खोजिएको छ ।

पुरुष व्रतालुले पालना गर्नुपर्ने नियम

१. स्वस्थानी व्रत लिनभन्दा अगाडिको दिनबाटै हात र गोडाका नङ काट्ने ।

२. अघिल्लो दिन नै माछा मासुजस्ता खानेकुरा खान छोड्ने ।

३.स्वस्थानी व्रत लिने दिन विहानै नदीमा गएर नुहाउँने र शुद्ध बन्ने ।

४.विहान महादेवको पूजा गरेर साँझमा प्रत्येक दिन एक एक अध्याय स्वस्थानी वाचन गर्ने र सुन्ने ।

५.स्वस्थानीको व्रत बसेको एक महिनाको अवधि भर रजस्वला भएको महिलालाई नछुने ।

६.श्रीमती छ भने एकैसाथ एउटै बिस्तारामा नसुत्ने ।

७.महिना दिनसम्म नुन, मरमसला, नखाने । साथै जुत्ता, चप्पल र मोजाहरु लगाएको मानिसहरुलाई नभेट्ने तथा नछुने ।

८. व्रतालुले एक महिनासम्म फलफूल र दुधहरु मात्र खाने ।

९. मदिरापान तथा धुम्रपान नगर्ने ।

१०. फलफूलमा पिँडालु, तरुल, सुन्तला र उखुजस्ता फलफूलमात्र खाने । साथै दुध र पानी, दही मात्र पिउने ।

११. भोजन गर्दा गर्दै बीचमा नउठ्ने ।

१२. भोजन व्रतालुले मात्र बनाउने । अरुलाई भोजन छुन नदिने ।

१३. रातो वस्त्र र रातो टीका लगाउन हुँदैन ।

१४. चन्दनको टीका मात्र लगाउने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?