नेपालकाे पाम आयल आयातमा भारतको रोक

काठमाडौं । भारतले नेपालबाट आयात गर्ने गरेको प्रशोधित पाम आयलमा प्रतिवन्ध लगाएको छ । वैदेशिक व्यापार सम्बन्धी ऐन १९९२ अन्तर्गत वैदेशिक व्यापार नीतिमा संशोधन गर्दै भारतले प्रशोधित पाम आयल आयातमा रोक लगाउने निर्णय गरेको हो ।

एक सूचना जारी गर्दै भारतको वाणिज्य तथा उद्योग मन्त्रालयले पाम आयातमा रोक लगाउने निर्णय गरेको जनाएको छ । पाम आयल नेपालको उत्पादन नभएपनि अन्य मुलुकबाट कच्चा पदार्थ ल्याइ भारत लगायतका मुलुकमा निर्यात गर्ने गरेको थियो । नेपालले भारतमा कुल निर्यातको २४ दशमलव २ प्रतिशत बराबरको पाम आयल निर्यात गर्ने गरेको व्यापार तथा निकासी पवद्र्धन केन्द्रको तथ्यांकले देखाएको छ ।

साथै केन्द्रको तथ्यांक अनुसार पामको निर्यात साढे ९ सय प्रतिशतले बृद्धि भएको छ । तर भारतले पाम आयातमा रोक लगाएसँगै नेपालले गर्ने निकासीमा समेत असर पर्ने देखिन्छ । आफ्नै उत्पादन नभएपनि नेपाली व्ववसायीहरुले मलेशिया लगायतका मुलुकबाट कच्चा पाम आयात गर्ने गरेका थिए । त्यस्तै नेपालमा कच्चा पामलाई प्रशोधन गरि भारत लगायत अन्य मुलुकहरुमा निकासी भइरहको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?