काठमाडौं, ८ माघ – हिन्दी चलचित्र पद्यावत २५ जनवरीमा रिलिज हुँदैछ । यसको बारेमा अझै पनि धेरै हल्ला भइरहेका छन् । रिलिजको मिति तोकिएपनि कैयन् स्थानमा यसको विरोध भइरहेको छ । उक्त फिल्मलाई फिल्म हलमा लगाए आगो लगाउने धम्की समेत दिएका छन् पद्यावत टिमलाई प्रहरी र सरकारको तर्फबाट पनि अपेक्षित सहयोग मिलेको छैन । अर्को के कुरा पनि उठिरहेको छ भने फिल्म रिलिज भयो भने हलसम्म को जान्छन्? त्यसैले पनि फिल्म हलवाला यस कारणले दुःखी छन् यदि उक्त दिन चलचित्र पद्मावत रिलिज भएन भने फेरि ‘बाहुबली २’ रिलिज हुन सक्नेछ । ‘बाहुबली २’ का निर्माताले यसबारेमा योजना बनाइरहेको भारतीय मिडियाले लेखेका छन् बाहुबलीको पहिलो भाग पनि दुईपटक रिलिज गरिएको थियो तर दोस्रो रिलिजमा खासै सफलता भने पाएको थिएन फिल्मले ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया