एजेन्सी । हामीलाई कतैजाँदा छिटो र मिठो खानेकुरा खानुपर्याे भने पपकर्न किनेर खान्छौँ । तर पपकर्न खाँदा हाम्रो ज्यान नै जोखिममा पर्न सक्छ ।
एउटा यस्तै घटनाले ब्रिटेनमा बस्ने एक व्यक्तिलाई पनि सताएको छ । एडम मार्टिन नाम गरेका व्यक्तिलाई पपकर्न खाने क्रममा दाँतमा पपकन अड्किएपछि इन्फेक्सन भएको छ ।
उक्त दाँतकोबीचमा फसेको पपकर्न निकाल्न जति नैै कोसिस गरेपनि उनी सफल हुन सकेनन् । उनले यो समस्या समाधान गर्नको लागि ओपन हार्ट सर्जरी गर्नुपर्याे ।
उनले दाँतमा अड्किएको पपकर्न निकाल्न पेन, तार र किला जस्ता सामाग्रीहरुको प्रयोग गरे जसका कारण उनलाई इन्फेक्सन भएको थियो । यसको कारण उनको शरिर भरि नै इन्फेक्सन बढ्दै गयो ।
त्यसैले डाक्टरले उनको हार्ट सर्जरी गरेका थिए । एडमलाई राती पसिना आउने, शरिर दुख्ने तथा टाउको फुट्ला जस्तो हुने गथ्र्याे । सहन गर्नै नसकेपछि उनी अस्पताल भर्ना भएका थिए ।
एडमले अस्पतालमा उपचार सकिएपछि भने – मेरो ज्यान बँचाएकोमा डाक्टर र अस्पताललाई धन्यवाद । मैले पपकर्न खाँदा अड्किएपछि निकाल्न धेरै प्रयास गरेँ जसको कारण मलाई इन्फेक्सन भएको थियो । अब म कहिल्यै पपकर्न खाँदिन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया