मुम्बई – राजकुमार हिरानीद्वारा निर्देशित अभिनेता सञ्जय दत्तको बायोपिक फिल्मको शूटिङ सकिएको छ । निर्माताले सामाजिक सञ्जाल ट्वीटरमा एक भिडियो अपलोड गरेर फिल्मको शूटिङ सकिएको बताएका हुन् फिल्ममा सञ्जय दत्तको भूमिका अभिनेता रणवीर कपूरले निभाएका छन् । साथै अभिनेत्री सोनम कपूरले पनि शूटिङका अन्तिम दिनका केही तस्वीर शेयर गरेकी छिन् फिल्ममा रणवीर मुख्य भूमिकामा हुनेछन् भने अनुष्का शर्मा, दीया मिर्जा, मनीषा कोइराला, परेश रावल लगायतका कलाकार पनि उक्त बायोपिक फिल्ममा हुनेछन् । केही महिनाअघि सार्वजनिक भएका केही तस्वीरमा रणवीर कपूरलाई सञ्जय दत्तको लूकमा देखाइएको थियो चलचित्र २९ जुनमा रिलिज हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया