काठमाडौं । धनुषामा टिपरले किचेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा २४ वर्षीय दिलीपकुमार महतो रहेको प्रहरीले जनाएको छ । मिथिला नगरपालिका ५ श्रीपुर बस्ने महतोलाई मर्निङवाक गएको बेला ट्रिपरले किचेको थियो ।
उनको मृत्यु नियोजत तरिकाले गरिएको प्रहरीले जनाएकाे छ । महतोको मृत्यु लगत्तै टिपरलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । नियोजित किसिमले महत्तोको हत्या गरिएको भन्दै स्थानियले मिथिला नगरपालिकाको श्रीपुरस्थित रामलक्ष्मण चोकमा टायर बालेर विरोध गरेका गरेका छन् ।
स्थानियका अनुसार महत्तोले स्थानिय खोलाबाट अवैध रुपमा निकालिएको गिट्टिबालुवाको विरोध गर्दै आएका थिए । साथै उक्त वालुवा उत्खनन गरिएको ठाँउमा नै महत्तोको हत्या गरिएको स्थानियले जनाएका छन् । मृतक महतो भारतमा ईन्जिनियरिङ पढ्दै आएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया