एनसीसी बैंकद्वारा नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दै

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले लाभांश वितरण गर्ने भएको छ । लाभांश वितरणको प्रस्ताव पारित गर्नका लागि बैंकले आगामी माघ १७ गते २२ औँ साधारण सभा बोलाएको छ ।

उक्त साधारणसभा मार्फत बैंकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर तथा सोको कर प्रयोजनको लागि ० दशमलव ७८ प्रतिशत नगद लाभांश विवरण प्रस्ताव पारित गर्ने बैंकले जनाएको छ । त्यतिमात्र नभएर बैंकले उक्त साधारणसभा मार्फत बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जमा जाने सम्बन्धी कुराको सञ्चालक समितिलाई ध्यानाकर्षण गराउन लागेको समेत बैंकले जनाएको छ । त्यस्तै साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि माघ ७ गते एकलिन बुकक्लोज गर्नेछ । बैंकका अनुसार माघ ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले बैंकको लागांभ प्राप्त गर्न तथा साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

हाल बैंकको चुक्तापूँजी ८ अर्ब १३ करोड, ३८ लाख, ४१ हजार रुपैयाँ रहेको छ । साथै लगानीकर्ताहरुलाई लाभांश वितरणपछि ९ अर्ब ३५ करोड, ३९ लाख, २७ हजार पुग्ने बैंकले जनाएको छ । बैंकले आफ्नो २२ औँ साधारणसभा माघ २२ गते त्रिभुवन आर्मी अफिसर्स क्लब टुँडिखेलमा विहान ११ बजेबाट शुरु हुन लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?